Monday, 19 October 2026

इक्सान NFC बन्यो प्रथम दसैँ भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन


 दक्षिण कोरियाको इक्सानमा सम्पन्न प्रथम दसैँ भेट्रान सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि इक्सान NFC ले जितेको छ। फाइनलमा ब्लु लायन FC लाई पराजित गर्दै इक्सान NFC ले ऐतिहासिक उपाधि आफ्नो नाममा लेखाएको हो। 


नेपाल फुटबल महासंघ दक्षिण कोरिया (NFFSK) को आयोजनामा अक्टोबर १८, २०२६ मा सम्पन्न प्रतियोगितामा ब्लु लायन FC उपविजेतामा सीमित भयो। प्रवासमा नेपाली फुटबलको विकास, आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।


व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीहरू


उत्कृष्ट गोलकिपर: सुरज बुढाथोकी (इक्सान NFC)

सर्वाधिक गोलकर्ता: विजय जङ्ग कार्की (इक्सान NFC)

उत्कृष्ट डिफेन्डर: सुमन पाख्रिन (ब्लु लायन FC)

उत्कृष्ट खेलाडी (MVP): राज थापा श्रेष्ठ (इक्सान NFC)


सहयोगी हातहरूप्रति आभार


प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा रारा रेस्टुरेन्ट, इक्सानले सहयोग गरेको थियो। सह–प्रायोजकका रूपमा JB बैंकका लोन परामर्शदाता हरिप्रसाद भट्टराई र GME Remittance का रेमिटेन्स प्रबन्धक सन्दीप थापाले आर्थिक सहयोग गरेका थिए। त्यस्तै, नीता राईले खानेपानी उपलब्ध गराएर सहयोग गर्नु भएको थियो


प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न ANFA बाट मान्यता प्राप्त नेपाली रेफ्री विज्ञान प्रसाई, विशाल राई र अर्जुन राईले भूमिका निर्वाह गरेका थिए। सहायक रेफ्रीका रूपमा नीरज जङ्ग कार्की र शंकर गुरुङले सहयोग गरेका थिए।


त्यसैगरी, स्वयंसेवकका रूपमा खटिएका सुवन NFC का रुपक नेपाली, सुजल खत्री, सञ्जीव राई र सोम घलेलगायत आयोजकका पदाधिकारी, सदस्य तथा सम्पूर्ण सहयोगीहरूप्रति NFFSK ले आभार व्यक्त गरेको छ।


प्रवासमा नेपाली फुटबल, एकता र भाइचाराको उत्सव!


प्रतियोगितामा सहभागी सम्पूर्ण क्लब, खेलाडी, अतिथि, शुभचिन्तक, प्रायोजक तथा सहयोगदाताको साथ र सहयोगले कार्यक्रम सफल भएको आयोजकले जनाएको छ। आगामी दिनमा पनि दक्षिण कोरियामा नेपाली फुटबलको विकास र नेपाली समुदायबीच आपसी सद्भाव अझ बलियो बनाउने कार्यलाई निरन्तरता दिने NFFSK ले विश्वास व्यक्त गरेको छ।

उपविजेता ब्लु लायन FC



विजेता इक्सान NFC र उपविजेता ब्लु लायन FC लाई हार्दिक बधाई!


No comments:

Post a Comment