winner update


Wednesday, 21 October 2026

दक्षिण कोरियामा विदेशी नागरिकको बैंक खातामा Hana Bank पहिलो स्थानमा

October 21, 2026 0


 दक्षिण कोरियामा विदेशी नागरिकहरूले प्रयोग गर्ने निक्षेप खाताको संख्याका आधारमा Hana Bank पहिलो स्थानमा रहेको छ। विदेशी नागरिकको जनसंख्या बढ्दै जाँदा बैंकहरूले पनि विदेशी कामदार तथा अन्य विदेशी बासिन्दालाई लक्षित वित्तीय सेवाहरू विस्तार गरिरहेका छन्।


उपलब्ध विवरणअनुसार, सेप्टेम्बर २१ सम्म Hana Bank मा विदेशी नागरिकसँग सम्बन्धित निक्षेप खाताको संख्या ४२ लाख पुगेको छ। यो संख्या अन्य प्रमुख बैंकहरूको तुलनामा सबैभन्दा बढी हो।


 कुन बैंकमा कति निक्षेप खाता?



उपलब्ध तथ्यांकअनुसार दक्षिण कोरियाका प्रमुख बैंकहरूमा निक्षेप खाताको संख्या यस प्रकार छ।


१. Hana Bank (하나은행): ४२ लाख खाता  


२. Woori Bank (우리은행): २५ लाख ६० हजार खाता 

 
३. KB Kookmin Bank (KB국민은행): १४ लाख ९० हजार खाता 

 
४. Industrial Bank of Korea (IBK기업은행):१३ लाख २० हजार खाता

  
५. Shinhan Bank (신한은행): १३ लाख खाता  


यस तथ्यांकमा खाताको संख्या गणना गरिएको हो, व्यक्तिगत ग्राहकको संख्या होइन। त्यसैले एउटै व्यक्तिको एकभन्दा बढी बैंक खाता हुन सक्ने भएकाले यी संख्यालाई विदेशी ग्राहकको वास्तविक संख्याका रूपमा बुझ्नु हुँदैन।


विदेशी नागरिकका लागि बैंकिङ सेवा विस्तार


दक्षिण कोरियामा विदेशी नागरिक तथा कामदारको उपस्थिति बढेसँगै बैंकहरूले उनीहरूको आवश्यकताअनुसार विभिन्न वित्तीय सेवा विस्तार गरिरहेका छन्।


यस्ता सेवामा विदेशमा पैसा पठाउने सुविधा (International Remittance), विभिन्न भाषामा उपलब्ध बैंकिङ एप तथा विदेशी कामदारलाई लक्षित वित्तीय उत्पादनहरू समावेश छन्।


विशेषगरी नेपाललगायत विभिन्न देशबाट दक्षिण कोरियामा काम गर्न आएका विदेशी नागरिकका लागि बैंक खाता तलब प्राप्त गर्न, दैनिक कारोबार गर्न र परिवारलाई पैसा पठाउन महत्त्वपूर्ण हुन्छ।


 दक्षिण कोरियामा रहेका नेपालीका लागि के अर्थ छ?


दक्षिण कोरियामा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूले बैंक खाता खोल्दा आफूलाई आवश्यक पर्ने सेवा, रकम पठाउँदा लाग्ने शुल्क, मोबाइल बैंकिङको भाषा सुविधा र खाता सञ्चालनका सर्तहरू तुलना गर्नु उपयोगी हुन्छ।


Hana Bank विदेशी नागरिकबीच लोकप्रिय देखिए पनि बैंक छनोट गर्दा खाताको संख्या मात्र नभई सेवा शुल्क, अन्तर्राष्ट्रिय रकम स्थानान्तरणको सुविधा, नजिकको शाखा र ग्राहक सेवाको गुणस्तरलाई पनि ध्यान दिनुपर्छ।


Monday, 19 October 2026

इक्सान NFC बन्यो प्रथम दसैँ भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन

October 19, 2026 0


 दक्षिण कोरियाको इक्सानमा सम्पन्न प्रथम दसैँ भेट्रान सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि इक्सान NFC ले जितेको छ। फाइनलमा ब्लु लायन FC लाई पराजित गर्दै इक्सान NFC ले ऐतिहासिक उपाधि आफ्नो नाममा लेखाएको हो। 


नेपाल फुटबल महासंघ दक्षिण कोरिया (NFFSK) को आयोजनामा अक्टोबर १८, २०२६ मा सम्पन्न प्रतियोगितामा ब्लु लायन FC उपविजेतामा सीमित भयो। प्रवासमा नेपाली फुटबलको विकास, आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।


व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीहरू


उत्कृष्ट गोलकिपर: सुरज बुढाथोकी (इक्सान NFC)

सर्वाधिक गोलकर्ता: विजय जङ्ग कार्की (इक्सान NFC)

उत्कृष्ट डिफेन्डर: सुमन पाख्रिन (ब्लु लायन FC)

उत्कृष्ट खेलाडी (MVP): राज थापा श्रेष्ठ (इक्सान NFC)


सहयोगी हातहरूप्रति आभार


प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा रारा रेस्टुरेन्ट, इक्सानले सहयोग गरेको थियो। सह–प्रायोजकका रूपमा JB बैंकका लोन परामर्शदाता हरिप्रसाद भट्टराई र GME Remittance का रेमिटेन्स प्रबन्धक सन्दीप थापाले आर्थिक सहयोग गरेका थिए। त्यस्तै, नीता राईले खानेपानी उपलब्ध गराएर सहयोग गर्नु भएको थियो


प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न ANFA बाट मान्यता प्राप्त नेपाली रेफ्री विज्ञान प्रसाई, विशाल राई र अर्जुन राईले भूमिका निर्वाह गरेका थिए। सहायक रेफ्रीका रूपमा नीरज जङ्ग कार्की र शंकर गुरुङले सहयोग गरेका थिए।


त्यसैगरी, स्वयंसेवकका रूपमा खटिएका सुवन NFC का रुपक नेपाली, सुजल खत्री, सञ्जीव राई र सोम घलेलगायत आयोजकका पदाधिकारी, सदस्य तथा सम्पूर्ण सहयोगीहरूप्रति NFFSK ले आभार व्यक्त गरेको छ।


प्रवासमा नेपाली फुटबल, एकता र भाइचाराको उत्सव!


प्रतियोगितामा सहभागी सम्पूर्ण क्लब, खेलाडी, अतिथि, शुभचिन्तक, प्रायोजक तथा सहयोगदाताको साथ र सहयोगले कार्यक्रम सफल भएको आयोजकले जनाएको छ। आगामी दिनमा पनि दक्षिण कोरियामा नेपाली फुटबलको विकास र नेपाली समुदायबीच आपसी सद्भाव अझ बलियो बनाउने कार्यलाई निरन्तरता दिने NFFSK ले विश्वास व्यक्त गरेको छ।

उपविजेता ब्लु लायन FC



विजेता इक्सान NFC र उपविजेता ब्लु लायन FC लाई हार्दिक बधाई!


Monday, 12 October 2026

कोरियामा अक्टोबरमै गर्मीको नयाँ कीर्तिमान, थेजनमा तापक्रम ३१.५ डिग्री पुग्यो

October 12, 2026 0


 दक्षिण कोरियाको थेजनमा अक्टोबर महिनाकै सबैभन्दा उच्च तापक्रम रेकर्ड भएको छ। मौसम चिसिनुपर्ने शरद ऋतुमा तापक्रम ३१.५ डिग्री सेल्सियससम्म पुगेपछि दक्षिण कोरियाका विभिन्न क्षेत्रमा अस्वाभाविक गर्मी अनुभव गरिएको छ। तर, अक्टोबर १३ को दिउँसोदेखि चिसो हावा चल्ने र तापक्रममा तीव्र गिरावट आउने मौसम पूर्वानुमान गरिएको छ।


थेजनमा ५७ वर्षयताकै उच्च तापक्रम


दक्षिण कोरियाको थेजन क्षेत्रीय मौसम विज्ञान कार्यालयका अनुसार अक्टोबर १२ मा थेजनको अधिकतम तापक्रम ३१.५ डिग्री सेल्सियस पुगेको थियो। सन् १९६९ मा मौसमसम्बन्धी नियमित अवलोकन सुरु भएयताकै अक्टोबर महिनाको यो सबैभन्दा उच्च दैनिक तापक्रम हो।


यसअघि सन् २०२१ अक्टोबर ३ मा थेजनमा ३१.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो। यसपटक उक्त रेकर्डलाई ०.३ डिग्रीले उछिन्दै नयाँ कीर्तिमान कायम भएको हो।


मौसम कार्यालयले अक्टोबर १२ मा सार्वजनिक गरेको विवरणअनुसार दक्षिण (छुङनाम) प्रान्त तथा आसपासका क्षेत्रमा अधिकतम तापक्रम २७.८ देखि ३१.५ डिग्री सेल्सियससम्म पुगेको थियो। यो अघिल्लो दिनको २७.५ देखि ३०.२ डिग्री सेल्सियसको तुलनामा पनि बढी हो।


 छुङनामका विभिन्न सहरमा पनि अस्वाभाविक गर्मी


दक्षिण चुङचङ प्रान्तका विभिन्न सहरमा पनि अक्टोबर महिनाको सामान्य तापक्रमभन्दा बढी गर्मी अनुभव गरिएको छ।


मौसम कार्यालयका अनुसार अक्टोबर १२ साँझ ५ बजेसम्म रेकर्ड गरिएका अधिकतम तापक्रम यस प्रकार छन्।


थेजनमा (대전): ३१.५ डिग्री सेल्सियस

नोनसान (논산): २९.९ डिग्री

सेजोङ (세종): २९.७ डिग्री

होङसङ (홍성): २९.६ डिग्री

ससान (서산): २९.३ डिग्री

कुमसान (금산): २९.३ डिग्री

आसान (아산): २९.३ डिग्री

खोङ्जु (공주): २९.१ डिग्री

फुय (부여): २९.१ डिग्री

बोर्याङ (보령): २९.० डिग्री

छङयाङ (청양): २८.९ डिग्री

ताङजिन (당진): २८.९ डिग्री

केर्यङ (계룡): २८.८ डिग्री

येसान (예산): २८.५ डिग्री

छनान (천안): २८.४ डिग्री

सछन (서천): २८.१ डिग्री

थेआन (태안):२७.८ डिग्री


ससानमा तापक्रम २९.३ डिग्री पुगेको थियो, जुन सन् १९७७ अक्टोबर ३ मा रेकर्ड भएको २८.९ डिग्रीभन्दा बढी हो। यससँगै ससानमा अक्टोबर महिनाको दैनिक अधिकतम तापक्रमको दोस्रो उच्च रेकर्ड कायम भएको छ।


त्यस्तै, छनानमा २८.४ डिग्री तापक्रम रेकर्ड भएको थियो। यो सन् १९८७ अक्टोबर ५ मा रेकर्ड भएको तापक्रमकै स्तरमा रहेको र अक्टोबर महिनाको दैनिक अधिकतम तापक्रममध्ये दोस्रो उच्च रहेको मौसम कार्यालयले जनाएको छ।


अक्टोबरमै किन बढ्यो यति धेरै गर्मी?


मौसम कार्यालयका अनुसार दक्षिण चुङचङ प्रान्तमा न्यानो प्रकृतिको पूर्वी हावा प्रवेश गर्नुका साथै दिनभरि घाम चर्किएकाले तापक्रम अस्वाभाविक रूपमा बढेको हो।


यस्तो गर्मी दक्षिण कोरियाको राजधानी सोलसहित आसपासका क्षेत्रमा पनि देखिएको थियो। अक्टोबर १२ मा सोलको अधिकतम तापक्रम २९.८ देखि ३०.१ डिग्री सेल्सियससम्म पुगेको थियो। सुभोनमा २७ देखि २८ डिग्री र इन्छनमा २६ देखि २७ डिग्री सेल्सियससम्म तापक्रम पुगेको विवरणमा उल्लेख छ।


अक्टोबर १३ देखि मौसममा परिवर्तन हुने

मौसम पूर्वानुमानअनुसार अक्टोबर १३ को बिहानसम्म तापक्रम सामान्यभन्दा बढी रहनेछ। त्यसपछि उत्तरतर्फबाट चिसो हावा दक्षिणतर्फ सर्ने भएकाले दिउँसोदेखि तापक्रम घटेर सामान्य अवस्थामा फर्कने अनुमान गरिएको छ।


अक्टोबर महिनामा सामान्यतया न्यूनतम तापक्रम ७ देखि १२ डिग्री र अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अपेक्षा गरिन्छ।


मौसम कार्यालयका अधिकारीहरूले अक्टोबर १३ को दिउँसोदेखि चिसो हावा प्रवेश गर्ने र हावाको गति पनि बढ्ने भएकाले शरीरले अनुभव गर्ने तापक्रम तीव्र रूपमा घट्न सक्ने चेतावनी दिएका छन्।


 स्वास्थ्यमा ध्यान दिन आग्रह


छोटो समयमै गर्मीबाट चिसोतर्फ मौसम परिवर्तन हुँदा शरीरलाई वातावरणअनुसार अनुकूल हुन कठिन हुन सक्छ। त्यसैले मौसम कार्यालयले स्वास्थ्यप्रति विशेष सावधानी अपनाउन आग्रह गरेको छ।


विशेषगरी बिहान र बेलुकाको तापक्रममा ध्यान दिने, आवश्यकताअनुसार न्यानो कपडा लगाउने तथा बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिनु उपयुक्त हुन्छ।


Saturday, 10 October 2026

दक्षिण कोरियाद्वारा छानान कारखाना विस्फोटमा ज्यान गुमाएका फिलिपिनो श्रमिकलाई श्रद्धाञ्जली, परिवारलाई सहयोग

October 10, 2026 0


 दक्षिण कोरियामा कारखानामा भएको विस्फोट र आगलागीमा परी ज्यान गुमाएका एक फिलिपिनो आप्रवासी श्रमिकको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। साथै, मृतकका परिवारलाई अन्त्येष्टिदेखि औद्योगिक दुर्घटनासम्बन्धी क्षतिपूर्ति प्रक्रियासम्म आवश्यक सहयोग प्रदान गरिएको छ।


प्राप्त विवरणअनुसार, जिस्राएल (Jisrael) नामका ती श्रमिकको सन् २०२६ अगस्ट २८ मा दक्षिण कोरियाको दक्षिण चुन्छङ प्रान्तस्थित छानान (Cheonan) मा रहेको एक कारखानामा भएको विस्फोट र आगलागीमा परी मृत्यु भएको थियो। उक्त कारखानामा रङ उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ निर्माण गरिन्थ्यो।


अक्टोबर ८ मा श्रद्धाञ्जली कार्यक्रम


अक्टोबर ८ मा कोरियाको श्रमिक क्षतिपूर्ति तथा कल्याण सेवा (Korea Workers’ Compensation and Welfare Service — K-COMWEL) ले इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष पार्क सुङ-ह्युप (Park Seung-heup) ले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना व्यक्त गर्नुभयो। उहाँले संस्थाको सामाजिक योगदान कोषबाट परिवारलाई आर्थिक सहयोगसमेत प्रदान गर्नुभयो। कार्यक्रममा दक्षिण कोरियास्थित फिलिपिन्स दूतावासका श्रम सहचारीको पनि उपस्थिति रहेको थियो।


परिवारलाई के-कस्ता सहयोग प्रदान गरियो?


दक्षिण कोरियामा भाषा र प्रशासनिक प्रक्रियासम्बन्धी कठिनाइ भोग्न नपरोस् भनेर सम्बन्धित निकायले मृतकका परिवारलाई विभिन्न सहयोग प्रदान गरेको थियो।


सहयोगमा

 अन्त्येष्टिसम्बन्धी आवश्यक व्यवस्था

 मृतकको पार्थिव शरीर फिलिपिन्स पठाउने व्यवस्था

 औद्योगिक दुर्घटनासम्बन्धी क्षतिपूर्ति प्रक्रियामा सहजीकरण

 भाषा तथा प्रशासनिक प्रक्रियामा आवश्यक सहयोग


समावेश थिए।


विदेशी श्रमिकका परिवारलाई सहयोग गर्ने तेस्रो घटना
कार्यस्थल दुर्घटनामा ज्यान गुमाउने विदेशी श्रमिकका परिवारलाई सहयोग गर्ने दक्षिण कोरियाको पहलअन्तर्गत यो तेस्रो घटना भएको बताइएको छ।
यस पहलको उद्देश्य श्रमिकको राष्ट्रियता जुनसुकै भए पनि कार्यस्थल दुर्घटनामा ज्यान गुमाएका श्रमिकका परिवारले कठिन परिस्थितिमा आवश्यक सहयोग, सम्मान र सहानुभूति प्राप्त गर्न सकून् भन्ने हो।
विदेशी श्रमिकहरू आफ्नो परिवारको भविष्य सुरक्षित बनाउन हजारौँ किलोमिटर टाढा आएर काम गरिरहेका हुन्छन्। यस्तो दुःखद घटनामा पीडित परिवारलाई सहयोग गर्नु मानवीय संवेदना र सामाजिक जिम्मेवारीको महत्वपूर्ण उदाहरण हो। 


मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारमा हार्दिक समवेदना।


Wednesday, 7 October 2026

दक्षिण कोरियामा ‘माइग्रेन्ट अरिराङ मल्टिकल्चरल फेस्टिभल २०२६’ हुँदै नेपालसहित १६ देशको सहभागिता, नेपाली कलाकारहरूको विशेष प्रस्तुति रहने

October 07, 2026 0

 यस वर्षको MAMF महोत्सवमा नेपालको तर्फबाट युवा तथा चर्चित गायिका ‘बबिना किराती’ ले आफ्नो सांगीतिक प्रस्तुति दिने भएकी छन्।


दक्षिण कोरिया । दक्षिण कोरियाको छाङ्वन सहरमा हरेक वर्ष आयोजना हुँदै आएको दक्षिण कोरियाको सबैभन्दा ठूलो बहुसांस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट अरिराङ मल्टिकल्चरल फेस्टिभल (MAMF–마맙)’ यस वर्ष पनि भव्य रूपमा आयोजना हुने भएको छ।

आयोजकका अनुसार आगामी अक्टोबर २३, २४ र २५ तारिख (२०२६) मा छाङ्वनमा हुने यस महोत्सवमा नेपालसहित चीन, जापान, म्यानमार, मंगोलिया, भियतनाम, थाइल्यान्ड, उज्बेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन्स, श्रीलंका, बंगलादेश, इन्डोनेसिया र दक्षिण कोरिया लगायत १६ देशको सहभागिता रहनेछ।

 तीन दिनसम्म विविध सांस्कृतिक कार्यक्रम


छाङ्वनको यङजी पार्क क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न देशका सांस्कृतिक प्रस्तुति, एसियाली संगीत कन्सर्ट, ग्लोबल माइग्रेन्ट डान्स, कला प्रदर्शनी तथा विभिन्न मुलुकका परम्परागत सामग्री र परिकारका स्टलहरू राखिने आयोजकले जनाएको छ।

महोत्सवले कोरियामा रहेका विभिन्न देशका आप्रवासी समुदायबीच सांस्कृतिक आदान–प्रदान, मित्रता र आपसी सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

 नेपाली कलाकारहरूको विशेष प्रस्तुति

यस वर्षको MAMF महोत्सवमा नेपालको तर्फबाट युवा तथा चर्चित गायिका ‘बबिना किराती’ ले आफ्नो सांगीतिक प्रस्तुति दिने भएकी छन्।


त्यस्तै स्थानीय कलाकारहरू सुन्दर धलान, बिमता लिम्बू, सुरेन्द्र बस्नेत, उदिप कार्की (चाली), पेमा लामा, प्रकाश गिरी र प्रलाप राई लगायतका कलाकारहरूको समेत विशेष प्रस्तुति रहनेछ।

 नेपाली संस्कृति झल्काउने विशेष कार्यक्रम

महोत्सवको अन्तिम दिन आइतबार आयोजना हुने मुख्य कार्यक्रम ‘판무노 페레’ (बहुसांस्कृतिक जुली) मा नेपालको विविध जातीय तथा सांस्कृतिक पहिचानलाई समेट्दै मगर समुदायको कौराहा सालैजो नृत्य प्रस्तुत गरिनेछ।

यसै अवसरमा माइग्रेन्ट अरिराङ प्रस्तुति समूह ‘पेवाल्जा’ तथा NCB Nepali Students’ को विशेष सामूहिक नृत्य प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।

हजारौँ दर्शकको सहभागिता अपेक्षा

छाङ्वन नेपाली समाजका अध्यक्ष रवि खवासका अनुसार यस वर्षको महोत्सवमा ५० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ। साथै, दक्षिण कोरियाको MBC टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने यस विशाल महोत्सवमा नेपालले निरन्तर रूपमा उत्साहजनक र उल्लेखनीय सहभागिता जनाउँदै आएको उनले बताएका छन्।

अध्यक्ष खवासले भनेका छन्, “विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि हामी प्रवासी नेपालीहरू एकजुट भई देश नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति, भेषभूषा, संस्कार र परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने प्रयासमा जुटेका छौँ।”

 नेपाली समुदायका लागि महत्वपूर्ण अवसर

महोत्सवमा सहभागी हुने विभिन्न देशका राजदूत तथा उच्च निकायका व्यक्तिहरूको उपस्थितिले कोरियामा रहेका आप्रवासी समुदायबीचको सांस्कृतिक आदान–प्रदान र भाइचारा अझ मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

नेपाली समुदायले पनि यस्ता अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममार्फत नेपालको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा र परम्परालाई विश्वसामु चिनाउने महत्वपूर्ण अवसर प्राप्त गर्दै आएको छ।

 नेपालको संस्कृति, नेपाली कला र पहिचानलाई कोरियाको बहुसांस्कृतिक मञ्चमा प्रस्तुत गर्ने यो कार्यक्रम नेपाली समुदायका लागि विशेष महत्वको रहनेछ।

Monday, 5 October 2026

कोरियामा 2026 अक्टोबरदेखि ट्राफिक नियममा कडाइ, कोरियामा गाडी चलाउने हरुले यी कुरा मा अनिवार्य ध्यान दिनुहोस्

October 05, 2026 0

 

दक्षिण कोरियामा अक्टोबर १, २०२६ देखि आधारभूत ट्राफिक सुरक्षा नियम उल्लंघनविरुद्ध विशेष निगरानी तथा 집중단속 सुरु भएको छ।


कोरिया प्रहरीले दुर्घटना र मृत्युको जोखिम कम गर्न सिट बेल्ट, मोटरसाइकल हेल्मेट र दिशा संकेत बत्ती (깜빡이) लगायतका आधारभूत सुरक्षा नियमलाई कडाइका साथ पालना गराउने अभियान सुरु गरेको हो।


प्रहरीका अनुसार अक्टोबर १ देखि डिसेम्बर ३१, २०२६ सम्म जोखिमयुक्त सडक, दुर्घटना धेरै हुने क्षेत्र तथा राजमार्गका प्रवेश–निकास क्षेत्रमा विशेष रूपमा निगरानी गरिनेछ। साथै, मदिरा सेवन जाँच तथा बिहान–बेलुका कार्यालय जाने/फर्कने समयमा हुने ट्राफिक व्यवस्थापनका क्रममा पनि सिट बेल्ट प्रयोग भए/नभएको जाँच गरिनेछ।


 १.  सबै यात्रुले सिट बेल्ट लगाउनुपर्ने

करमायत्रा गर्दा सिट बेल्ट नलगाउने व्यवहारमाथि प्रहरीले विशेष निगरानी गरिरहेको छ।


त्यसैले चालक मात्र होइन, यात्रुहरूले पनि सिट बेल्ट लगाएको सुनिश्चित गर्नु आवश्यक छ।


विशेषगरी लामो दूरी, राजमार्ग तथा शहरबाहिर यात्रा गर्दा यसमा अझ बढी ध्यान दिनुहोस्।

 २.  मोटरसाइकल चलाउँदा हेल्मेट अनिवार्य

मोटरसाइकल तथा दुईपांग्रे सवारी साधन चलाउने चालक र यात्रुले सुरक्षा हेल्मेट (안전모) लगाउनुपर्ने नियममा पनि विशेष निगरानी भइरहेको छ।


हेल्मेट नलगाई मोटरसाइकल चलाउने वा पछाडि बस्ने यात्रुलाई पनि प्रहरीले कारबाही गर्न सक्छ।

३.  깜빡이 नबाली लेन परिवर्तन नगर्नुहोस्


कोरियामा अहिले विशेष रूपमा ध्यान दिइएको अर्को विषय हो 방향지시등 अर्थात् 깜빡이


लेन परिवर्तन गर्दा, बायाँ वा दायाँ मोड्दा तथा आवश्यक अवस्थामा दिशा परिवर्तन गर्दा पहिले नै दिशा संकेत बत्ती प्रयोग गर्नुपर्छ।


प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा सार्वजनिक 신고 मार्फत 처리 भएका ट्राफिक उल्लंघनमध्ये दिशा संकेत बत्ती प्रयोग नगर्ने उल्लंघन दोस्रो धेरै रहेको छ।


४.“१० 벌점” बारे फैलिएको कुरा के हो?


हाल सामाजिक सञ्जालमा “깜빡이

   नबाले १० 벌점, सिट बेल्ट नलगाए १० 벌점 भन्ने खबरहरू धेरै फैलिएका छन्।


यसमा महत्वपूर्ण कुरा बुझ्न आवश्यक छ।


प्रहरीले हाल सिट बेल्ट नलगाउने, मोटरसाइकल हेल्मेट नलगाउने र दिशा परिवर्तन/लेन परिवर्तन गर्दा संकेत नदिने जस्ता उल्लंघनमा हालको 범칙금 बाहेक १० 벌점 थप्ने कानुनी संशोधन प्रस्ताव अघि बढाएको हो।


तर यो अक्टोबर २, २०२६ देखि सबै चालकलाई स्वतः १० 벌점 लाग्ने नयाँ नियम लागू भइसकेको भन्ने अर्थ होइन। सम्बन्धित 시행규칙 संशोधनका लागि थप कानुनी प्रक्रिया आवश्यक रहेको प्रहरीले जनाएको छ।


५.  दायाँ मोड्दा पैदलयात्रीलाई विशेष ध्यान


우회전 (दायाँ मोड) सम्बन्धी नियम पनि चालकले विशेष ध्यान दिनुपर्ने विषय हो।


दायाँ मोड्दा क्रसवाकमा पैदलयात्री छन् वा बाटो काट्न लागेका छन् भने उनीहरूलाई प्राथमिकता दिनुपर्छ र आवश्यक अवस्थामा 일시정지 (पूर्ण रूपमा रोकिएर) सुरक्षित भएपछि मात्र अघि बढ्नुपर्छ।


यो नियम अक्टोबर २, २०२६ बाट नयाँ बनेको होइन। त्यसैले “अक्टोबरदेखि मात्रै 우회전 नियम लागू भयो” भन्ने जानकारी सही होइन।


 ६.  सामाजिक सञ्जालमा आएको सबै ‘नयाँ ट्राफिक नियम’ विश्वास नगर्नुहोस्


कोरियाली प्रहरीले यसअघि पनि “२०२६ मा ट्राफिक नियम परिवर्तन” भनेर सामाजिक सञ्जालमा फैलिएका विभिन्न गलत सूचनाबारे तथ्य जाँच प्रकाशित गरेको थियो।


उदाहरणका लागि:


* सबै स्कुल जोनमा गति सीमा २० km/h बनाइयो भन्ने कुरा गलत हो।

* मदिरा सेवनको कानुनी सीमा ०.०२% बनाइयो भन्ने कुरा गलत हो।

* ७० वर्ष पुगेपछि लाइसेन्स नवीकरण अवधि ३ वर्षमा झारियो भन्ने कुरा गलत हो।

* सबै 횡단보도 नजिक पुगेपछि पैदलयात्री नभए पनि अनिवार्य रूपमा रोक्नुपर्छ भन्ने दाबी पनि सामान्य अवस्थामा सही होइन।


 कार चालकले अहिले के कुरामा ध्यान दिने?


कोरियामा कार चलाउने चालकहरूले अहिले विशेषगरी यी कुराहरू ध्यान दिनु राम्रो हुन्छ:
① सबै यात्रुले सिट बेल्ट लगाउने
② लेन परिवर्तन गर्दा 깜빡이 साइट लाइट बाल्ने
③ मोड्दा दिशा संकेत दिने
④ 우회전 गर्दा पैदलयात्रीलाई प्राथमिकता दिने
⑤ स्कुल जोन र दुर्घटना सम्भावित क्षेत्रमा गति नियन्त्रण गर्ने
⑥ मोटरसाइकल चलाउँदा हेल्मेट लगाउने
⑦ ट्राफिक सिग्नल तथा सडक चिह्न पालना गर्ने

Always Drive Safe, Always Arrive Safe

Winner Update 

Connecting Korea and Nepal



Saturday, 3 October 2026

कोरिया मा ७-A-Side Veteran Football Tournament 2026 अक्टोबर १८ हुने

October 03, 2026 0

 कोरिया  मा ७-A-Side Veteran Football Tournament 2026  अक्टोबर १८ हुने


नेपाल फुटबल महासंघ दक्षिण कोरिया (NFFSK) को अर्धवार्षिक खेलतालिका क्यालेन्डरअनुसार अक्टोबर १८ मा आयोजना गर्ने योजना रहेको ११-A-Side Veteran Football Tournament लाई विभिन्न व्यावहारिक कारणले प्रतियोगिताको स्वरूप परिवर्तन गरी ७-A-Side Veteran Football Tournament का रूपमा आयोजना गर्ने निर्णय गरिएको छ।

 प्रतियोगिताको स्वरूप किन परिवर्तन गरियो?


११-A-Side प्रतियोगिताका लागि खेलाडी, वैकल्पिक खेलाडी तथा टिम व्यवस्थापनलाई समेत ध्यानमा राख्दा प्रत्येक टोलीमा कम्तीमा १८–२० जना Veteran खेलाडी आवश्यक पर्ने हुन्छ। तर कोरियामा एउटै क्लब वा एउटै क्षेत्रमा त्यति ठूलो संख्यामा Veteran खेलाडी उपलब्ध हुनु व्यावहारिक रूपमा चुनौतीपूर्ण देखिएको छ।

यसका कारण विभिन्न क्लबका खेलाडीहरूलाई मर्ज गरी संयुक्त टोली निर्माण गर्नुपर्ने अवस्था आउन सक्ने तथा त्यसले टिम व्यवस्थापन, खेलाडी छनोट र सहभागितामा थप कठिनाइ सिर्जना गर्न सक्ने भएकाले समग्र परिस्थितिलाई मध्यनजर गर्दै प्रतियोगितालाई ७-A-Side मा सञ्चालन गर्ने निर्णय गरिएको हो।

 प्रतियोगिताको मुख्य उद्देश्य


यस प्रतियोगिताको मुख्य उद्देश्य कोरियामा लामो समयदेखि फुटबल गतिविधिमा सक्रिय रहँदै आउनुभएका पूर्व खेलाडी तथा Veteran खेलाडीहरूलाई पुनः फुटबलसँग जोड्नु हो।

उमेर बढ्दै जाँदा महासंघअन्तर्गतका नियमित प्रतियोगिताहरूमा सहभागी हुन कठिनाइ भइरहेका खेलाडीहरूलाई पनि सहज रूपमा मैदानमा फर्कने अवसर प्रदान गर्दै

 आपसी भेटघाट
 मित्रता र भाइचारा
 मनोरञ्जन
 खेलकुदप्रतिको निरन्तरता
 नेपाली समुदायबीच सामाजिक एकता
लाई अझ मजबुत बनाउने उद्देश्य महासंघले लिएको छ।

 बडा दसैँको अवसरमा विशेष भेटघाट


नेपालीहरूको महान् पर्व बडा दसैँ को पावन अवसरमा इक्सान (익산) सहरमा आयोजना हुन लागेको यस प्रतियोगिताले कोरियामा लामो समयदेखि नेपाली फुटबलको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आउनुभएका अग्रज तथा Veteran खेलाडीहरूलाई पुनः एउटै मैदानमा भेटघाट र खेल्ने अवसर प्रदान गर्ने विश्वास महासंघले लिएको छ।

यो केवल एउटा फुटबल प्रतियोगिता मात्र नभई, पुराना साथीहरूलाई पुनः जोड्ने, पुराना सम्झनाहरू ताजा बनाउने र नेपाली फुटबलको भाइचारा अझ बलियो बनाउने एउटा विशेष अवसर हुनेछ। 

सम्पूर्ण कोरियावासी नेपाली फुटबलप्रेमी तथा Veteran खेलाडीहरूमा यस प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ।

 फुटबल महासंघ दक्षिण कोरिया (NFFSK)


개천절 कोरियाको राष्ट्रिय स्थापना दिवस कहिले बाट मनाउन सुरु गरियो

October 03, 2026 0

 


개천절  कोरियाको राष्ट्रिय स्थापना दिवस कहिले बाट मनाउन सुरु गरियो

प्रत्येक बर्ष अक्टोबर ३ दक्षिण कोरियामा 개천절  अर्थात् कोरियाको राष्ट्रिय स्थापना दिवस मनाइन्छ।


 개천절 भनेको के हो?

개천 को अर्थ “आकाश/स्वर्ग खुल्नु” भन्ने हुन्छ। कोरियाली परम्पराअनुसार, यो दिन 단군 (दानगुन) ले ईसापूर्व २३३३ मा 고조선  स्थापना गरेको सम्झनामा मनाइन्छ।

 कहिलेदेखि मनाउन सुरु भयो?

आधुनिक रूपमा 1909 मा 나철  को नेतृत्वमा 대종교  ले 음력 १०월 ३일 लाई ‘개천절’ भनेर नाम दिएर वार्षिक
 रूपमा मनाउन सुरु गरेको इतिहास छ।

त्यसपछि 1919 मा 대한민국임시정부 (कोरियाको अस्थायी सरकार) ले 음력 १०월 ३일 लाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालेको थियो। 1949 मा 국경일에 관한 법률 बनेपछि अहिले मनाइने 양력 अक्टोबर ३ लाई 개천절को आधिकारिक मिति बनाइयो।

 आजको दिनको महत्व
개천절 केवल पुरानो इतिहास सम्झने दिन मात्र होइन, कोरियाको इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई सम्झने महत्वपूर्ण राष्ट्रिय दिवस पनि हो।

यसपाली २०२६ मा आज शनिबार परेकोले आजको सट्टा बिदा ५ तारिक सोमबार दिइएको छ


 대한민국의 개천절을 진심으로 축하합니다!
कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि 개천절को हार्दिक शुभकामना! 
 

Tuesday, 25 August 2026

कोरिया मा रेकर्ड ब्रेकिङ फुटसल कप! 1st Dhankuta Chhintangdevi Futsal Cup–2026 मा ५६ टिमको सहभागिता!, विजेताले पाउनेछ ४१ लाखभन्दा बढी

August 25, 2026 0

 


दक्षिण कोरियामा नेपाली फुटबलप्रेमीहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘प्रथम धनकुटा छिन्ताङदेवी (ठिगुहाङमा) फुटसल कप–२०२६’ मा सहभागी ५६ टोलीको टाइसिट सार्वजनिक गरिएको छ।

धनकुटा एफसी र धनकुटा सेवा समाज, दक्षिण कोरियाको आयोजनामा हुन लागेको प्रतियोगिताको मुख्य सहजीकरण नेपाल फुटबल महासंघ दक्षिण कोरियाले गरेको छ। प्रतियोगिताको मुख्य प्रायोजकमा नमस्ते हिमालयन रेस्टुरेन्ट (गीता दिदीको भान्सा घर) रहेको छ।


५६ टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा


प्रतियोगिता ३० अगस्ट २०२६ (आइतबार) दक्षिण कोरियाको ओन्याङ ओन्छन् फुटसल पार्क, आसनमा सञ्चालन हुनेछ। दक्षिण कोरियाका विभिन्न स्थानमा रहेका नेपाली समुदायका ५६ फुटसल टोलीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ।


सार्वजनिक गरिएको टाइसिटअनुसार सहभागी टोलीहरूलाई पोल ‘ए’ र पोल ‘बी’ मा विभाजन गरिएको छ। टाइसिटमा टोलीहरूको नाम तथा खेल क्रमसमेत सार्वजनिक गरिएको छ।


 आकर्षक पुरस्कार राशी


प्रतियोगिताको विजेताले ₩4,123,456 वन अर्थात् करिब ४ लाखभन्दा बढी नेपाली रुपैया  पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेताले ₩2,123,456 प्राप्त गर्नेछ।


सेमिफाइनल पुग्ने दुवै टोलीलाई जनही ₩444,444 प्रदान गरिनेछ।


व्यक्तिगत विधातर्फ:


🏅 उत्कृष्ट खेलाडी — ₩121,000 + ट्रफी

🥅 उत्कृष्ट गोलरक्षक — ₩121,000 + ट्रफी

🔥 उत्कृष्ट डिफेन्डर — ₩121,000 + ट्रफी

⚡ सर्वाधिक गोलकर्ता — ₩121,000 + ट्रफी


खेलकुदसँगै एकता र भाइचाराको सन्देश


आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य फुटसलमार्फत दक्षिण कोरियामा रहेका नेपाली युवाबीच आपसी एकता, भाइचारा, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै धनकुटाको खेलकुद पहिचानलाई प्रवर्द्धन गर्नु हो।


५६ टोलीको सहभागिता, आकर्षक पुरस्कार राशि र दक्षिण कोरियामा रहेका नेपाली फुटबल खेलाडीहरूको ठूलो सहभागिताका कारण यो प्रतियोगिता नेपाली समुदायबीच हुने यस वर्षका उल्लेखनीय फुटसल प्रतियोगितामध्ये एक बन्ने अपेक्षा गरिएको छ।


आयोजकले प्रतियोगितालाई भव्य, सभ्य र सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली फुटबल खेलाडी, खेलप्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थित भएर खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।


Thursday, 25 June 2026

फुटसलसँगै समाजसेवा: कोरियामा अम्बर गुरुङ स्मृति फुटसल कप २०२६ आयोजना हुँदै

June 25, 2026 0

अम्बर गुरुङ स्मृति फुटसल कप २०२६




 फुटबल महासंघ दक्षिण कोरिया को मुख्य सहजीकरण तथा दोङदेमुनस्थित नेपाल थाई रेष्टुरेन्ट को मुख्य प्रायोजनमा 
दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी भाइचारा, एकता, सद्भाव र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ, साथै आर्थिक रूपमा विपन्न तथा जेहेन्दार तमू विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गर्ने महान उद्देश्य बोकी तमू धीं दक्षिण कोरिया को आयोजनामा कोरिया को छनान शहरमा जुलाई ५ तारिक २०२६ (आइतबार)
 महिला तथा पुरुष वृहत् फुटसल प्रतियोगिता "स्व. वरिष्ठ संगीतकार अम्बर गुरुङ स्मृति फुटसल कप २०२६" आयोजना हुने भएको छ

प्रतियोगिता को पुरस्कार राशी

प्रतियोगिता को

🥇 विजेता (Winner)ले  ४०,००,००० (४० लाख) कोरियन वोन+ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन्

🥈 उपविजेता (Runner-Up)ले २०,००,००० (२० लाख) कोरियन वोन + ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन्


🥉 सेमिफाइनलिष्ट (दुई टोली) हरुले  ४,००,००० कोरियन वोन गर्नेछन्


🎖️ विधागत पुरस्कारहरू 

 उत्कृष्ट खेलाडी (Best Player)

🧤 उत्कृष्ट गोलरक्षक (Best Keeper)

🔥 सर्वाधिक गोलकर्ता (High Scorer) हरुले जनही १,००,००० वोन + ट्रफी) मेडल र प्रमाणपत्र गर्नेछन्


प्रतियोगिता विवरण:

🗓️मिति: जुलाई ५ तारिक २०२६ (आइतबार)

📍 स्थान: म्याचअप फुटसल फिल्ड, छनान् 

(천안시 동남구 신방동 645-1)

💰 टिम दर्ता शुल्क (Entry Fee): ३,५०,००० कोरियन वोन

⏰ दर्ता गर्ने अन्तिम मिति: जुन २७, तारिक २०२६ (साँझ ५:०० बजेसम्म)


🏦 टिम दर्ताका लागि बैंक विवरण:
रकम जम्मा गर्नलाई
खाता वालाको नाम: 주한떠무딘협회 (KTDA
बैंक: Woori Bank
बैंक खाता नम्बर:1005-004-816418
⚠️ नोट: कृपया रकम ट्रान्सफर गरेपछि अनिवार्य रुपमा स्क्रिनशट पठाउनुहोला।


मुख्य प्रायोजक (Main Sponsor): नेपाल थाई रेष्टुरेन्ट, दोङदेमुन सउल (Nepal Thai restaurant Dongdamun Seoul)
प्रायोजकहरू (Sponsors): ठमेल रेस्टुरेन्ट ईन्छन (Thamel Restaurant Inchon),
GME FINANCE, LOAN PARTNER JB BANK


दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण संघसंस्था, फुटबल क्लब, खेलाडी तथा खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खेलको गरिमा बढाउन र खेलाडीहरूलाई हौसला प्रदान गर्न लागि गरिमामय उपस्थिति जनाउनु हुन आयोजक तमू धीं दक्षिण कोरिया ले हार्दिक अनुरोध गर्नुभएको छ


📞 थप जानकारी तथा टिम दर्ताका लागि सम्पर्क:
👤 रुप गुरुङ: 010-7358-0362
👤 ब्रो तमू (गुरुङ): 010-7583-1699
👤 जमन सिंह गुरुङ: 010-8438-9017
👤 रमेश गुरुङ: 010-5656-4231
खेल खेलौ स्वास्थ्य बनौ धन्यवाद ।