Thursday, 25 June 2026

फुटसलसँगै समाजसेवा: कोरियामा अम्बर गुरुङ स्मृति फुटसल कप २०२६ आयोजना हुँदै

June 25, 2026 0

अम्बर गुरुङ स्मृति फुटसल कप २०२६




 फुटबल महासंघ दक्षिण कोरिया को मुख्य सहजीकरण तथा दोङदेमुनस्थित नेपाल थाई रेष्टुरेन्ट को मुख्य प्रायोजनमा 
दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी भाइचारा, एकता, सद्भाव र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ, साथै आर्थिक रूपमा विपन्न तथा जेहेन्दार तमू विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गर्ने महान उद्देश्य बोकी तमू धीं दक्षिण कोरिया को आयोजनामा कोरिया को छनान शहरमा जुलाई ५ तारिक २०२६ (आइतबार)
 महिला तथा पुरुष वृहत् फुटसल प्रतियोगिता "स्व. वरिष्ठ संगीतकार अम्बर गुरुङ स्मृति फुटसल कप २०२६" आयोजना हुने भएको छ

प्रतियोगिता को पुरस्कार राशी

प्रतियोगिता को

🥇 विजेता (Winner)ले  ४०,००,००० (४० लाख) कोरियन वोन+ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन्

🥈 उपविजेता (Runner-Up)ले २०,००,००० (२० लाख) कोरियन वोन + ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन्


🥉 सेमिफाइनलिष्ट (दुई टोली) हरुले  ४,००,००० कोरियन वोन गर्नेछन्


🎖️ विधागत पुरस्कारहरू 

 उत्कृष्ट खेलाडी (Best Player)

🧤 उत्कृष्ट गोलरक्षक (Best Keeper)

🔥 सर्वाधिक गोलकर्ता (High Scorer) हरुले जनही १,००,००० वोन + ट्रफी) मेडल र प्रमाणपत्र गर्नेछन्


प्रतियोगिता विवरण:

🗓️मिति: जुलाई ५ तारिक २०२६ (आइतबार)

📍 स्थान: म्याचअप फुटसल फिल्ड, छनान् 

(천안시 동남구 신방동 645-1)

💰 टिम दर्ता शुल्क (Entry Fee): ३,५०,००० कोरियन वोन

⏰ दर्ता गर्ने अन्तिम मिति: जुन २७, तारिक २०२६ (साँझ ५:०० बजेसम्म)


🏦 टिम दर्ताका लागि बैंक विवरण:
रकम जम्मा गर्नलाई
खाता वालाको नाम: 주한떠무딘협회 (KTDA
बैंक: Woori Bank
बैंक खाता नम्बर:1005-004-816418
⚠️ नोट: कृपया रकम ट्रान्सफर गरेपछि अनिवार्य रुपमा स्क्रिनशट पठाउनुहोला।


मुख्य प्रायोजक (Main Sponsor): नेपाल थाई रेष्टुरेन्ट, दोङदेमुन सउल (Nepal Thai restaurant Dongdamun Seoul)
प्रायोजकहरू (Sponsors): ठमेल रेस्टुरेन्ट ईन्छन (Thamel Restaurant Inchon),
GME FINANCE, LOAN PARTNER JB BANK


दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण संघसंस्था, फुटबल क्लब, खेलाडी तथा खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खेलको गरिमा बढाउन र खेलाडीहरूलाई हौसला प्रदान गर्न लागि गरिमामय उपस्थिति जनाउनु हुन आयोजक तमू धीं दक्षिण कोरिया ले हार्दिक अनुरोध गर्नुभएको छ


📞 थप जानकारी तथा टिम दर्ताका लागि सम्पर्क:
👤 रुप गुरुङ: 010-7358-0362
👤 ब्रो तमू (गुरुङ): 010-7583-1699
👤 जमन सिंह गुरुङ: 010-8438-9017
👤 रमेश गुरुङ: 010-5656-4231
खेल खेलौ स्वास्थ्य बनौ धन्यवाद ।





Wednesday, 24 June 2026

कोरियाको गर्मी सिजनमा छुटाउन नहुने उत्कृष्ट गन्तव्य 강당골계곡 & 광덕산

June 24, 2026 0

 कोरियाको गर्मी सिजनमा छुटाउन नहुने उत्कृष्ट गन्तव्य: 강당골계곡 & 광덕산




नमस्ते साथीहरू!
यदि तपाईं कोरियामा हुनुहुन्छ र गर्मी मौसममा परिवार वा साथीहरूसँग घुम्न जाने शान्त, रमणीय र प्राकृतिक गन्तव्य खोजिरहनुभएको छ भने, 강당골계곡 (गाङ्दाङ्गोल उपत्यका) तपाईंका लागि उत्कृष्ट विकल्प हुन सक्छ।




 प्रकृतिको काखमा अवस्थित यस स्थानमा चिसो र सफा खोला, हरियाली वन तथा मनमोहक दृश्यहरूले तपाईंलाई गर्मीबाट राहत दिन्छन्। साथै, यदि तपाईंलाई पदयात्रा (Hiking) मन पर्छ भने, यहाँ रहेको Gwangdeoksan (광덕산) तपाईंका लागि थप आकर्षण बन्न सक्छ।

ठेगाना

충남 아산시 송악면 강당리 510

강당골계곡 : 충남 아산시




 कसरी पुग्ने?


Cheonan Station बाट करिब ३० मिनेटमा
Asan Station बाट करिब २० मिनेटमा
आफ्नै गाडी वा ट्याक्सी प्रयोग गरेर सजिलै पुग्न सकिन्छ।
सार्वजनिक यातायात प्रयोग गर्नेहरूका लागि Seoul Subway Line 1 को Onyangoncheon Station (온양온천역) बाट 101 नम्बर बस चढेर पनि यहाँ पुग्न सकिन्छ।


 खानपिन सम्बन्धी जानकारी


यस क्षेत्रमा आफूखुसी आगो बालेर खाना पकाउन अनुमति छैन।
तर शुल्क तिरेर खाना पकाउन मिल्ने छुट्टै सुविधा उपलब्ध छ।
घरबाट तयार गरेर ल्याएको खाना परिवार वा साथीहरूसँग बसेर खानका लागि यो स्थान निकै उपयुक्त छ।


चिसो खोला, हरियाली जंगल, रमाइलो हाइकिङ र शान्त वातावरणको आनन्द लिन चाहनुहुन्छ भने, यो गर्मीमा 강당골계곡 र 광덕산 अवश्य घुम्नुस्।



दक्षिण कोरियाको आसान (Asan) क्षेत्रमा अवस्थित ग्वाङदोकसान (광덕산) समुद्री सतहबाट ६९९ मिटर उचाइमा रहेको आसानको सबैभन्दा अग्लो पर्वत हो। यो पर्वत आसान शहरको सोङआक-म्योन (송악면) र छनान शहरको ग्वाङदोक-म्योन (광덕면) को सीमामा अवस्थित छ। प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व र शान्त वातावरणका कारण यो स्थान आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ।

यदि तपाईंलाई हाइकिङ मन पर्छ भने, पौडी खेल्न मिल्ने 강당골계곡 बाट पदयात्रा सुरु गरेर बिस्तारै हिँड्दै जाँदा करिब २ घण्टामा 광덕산को शिखरमा पुग्न सकिन्छ। शिखरबाट देखिने सुन्दर प्राकृतिक दृश्यले यात्राको थकान क्षणभरमै बिर्साइदिन्छ।




ग्वाङदोकसानमा पदयात्रा (हाइकिङ) का लागि विभिन्न मार्गहरू उपलब्ध छन्। विशेषगरी गाङ्दाङगोल उपत्यकाबाट सुरु हुने मार्ग तथा उत्तरतर्फको सोल्ह्वासन (설화산, ४४७.५ मिटर) बाट आउने मार्ग लोकप्रिय छन्। पहाडको बीच भागसम्म पुग्ने सडक (임도) निर्माण गरिएको छ, जसले गर्दा पदयात्रा तुलनात्मक रूपमा सहज बनेको छ। साथै, पदमार्गहरू राम्रोसँग व्यवस्थापन गरिएका छन्।
यो क्षेत्र माउन्टेन बाइकिङ प्रेमीहरूका लागि पनि प्रसिद्ध गन्तव्य हो। रोमाञ्चक जंगल मार्ग र प्राकृतिक ट्रेलहरूका कारण धेरै साइकल यात्रीहरू यहाँ आउने गर्छन्।





Friday, 12 June 2026

विश्वकप २०२६: घरेलु मैदानमा क्यानडाको संघर्षपूर्ण पुनरागमन, बोस्नियासँग १–१ को बराबरी

June 12, 2026 0

 



उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक खेलमा सह–आयोजक क्यानडाले हारको मुखबाट फर्किँदै बोस्निया र हर्जगोभिनासँग १–१ को बराबरी खेलेको छ।


क्यानडाको ओन्टारियोस्थित टोरन्टो स्टेडियममा हजारौं घरेलु समर्थकमाझ सम्पन्न खेलमा क्यानडाले अधिकांश समय बल नियन्त्रण र आक्रमणमा प्रभुत्व जमाए पनि सुरुआती झट्का बेहोर्नुपरेको थियो।


बोस्नियाले पहिलो हाफको २१ औं मिनेटमा जोभो लुकिचको हेडर गोलमार्फत अग्रता लिएको थियो। इभान बासिचको कर्नरमा सियाड कोलासिनाकको टचपछि आएको बललाई लुकिचले उत्कृष्ट रूपमा जाली चुमाउँदै विश्वकप २०२६ मा क्यानडाको भूमिमा पहिलो गोल गर्ने खेलाडी बन्न सफल भए।


गोल खाएपछि क्यानडाले लगातार दबाब सिर्जना गर्‍यो। बल नियन्त्रणमा स्पष्ट रूपमा अगाडि रहे पनि पहिलो हाफमा उसले लक्ष्यतर्फ प्रभावकारी प्रहार गर्न सकेन।


दोस्रो हाफमा पनि खेलको चित्र उस्तै रह्यो। क्यानडाले लगातार आक्रमण बुन्दै बोस्नियाली रक्षापंक्तिलाई दबाबमा राख्यो। रिची लारियाको शक्तिशाली प्रहार गोलपोस्ट माथिबाट बाहिरिँदा तथा तानी ओलुवासीको हेडर अन्तिम क्षणमा डिफेन्डरले बचाउँदा क्यानडा बराबरी गोलबाट बारम्बार वञ्चित भयो।


तर घरेलु टोलीको अथक प्रयास अन्ततः सफल भयो।


दोस्रो हाफको ७८ औं मिनेट (३३ औं मिनेट) मा प्रोमिस डेभिडको उत्कृष्ट पासमा अनुभवी स्ट्राइकर काइल ल्यारिन ले शानदार फिनिसिङ गर्दै खेल १–१ को बराबरीमा ल्याए। मैदानभर उत्साह छाएको थियो र क्यानडाले जितका लागि थप दबाब बढाए पनि निर्णायक गोल निकाल्न सकेन।


अन्ततः खेल १–१ को बराबरीमा समाप्त भयो र दुवै टोलीले एक–एक अंक बाँडे।


 समूह ‘बी’ स्थिति:

 क्यानडा – १ अंक

 बोस्निया र हर्जगोभिना – १ अंक


यता, समूह ‘ए’ मा रहेको दक्षिण कोरिया दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेमा, राउन्ड अफ ३२ मा समूह ‘बी’ का क्यानडा, बोस्निया, कतार वा स्विट्जरल्यान्डमध्ये कुनै एक टोलीसँग भिड्न सक्ने सम्भावना रहेको छ।


Wednesday, 10 June 2026

कसरी गरिब परिवारमा जन्मिएका एक साधारण केटाले बनाए कोरियाको नम्बर वान एप KakaoTalk?

June 10, 2026 0

 गरिबीबाट कोरियाको सबैभन्दा धनी व्यक्तिसम्म

 KakaoTalk का संस्थापक Kim Beom-soo को

 प्रेरणादायी यात्रा



आज हामी कुरा गर्दैछौं  केवल कोरियन युवाहरूका लागि मात्र होइन, संसारभरिका युवाहरूका लागि प्रेरणाको स्रोत बनेका एक असाधारण व्यक्तिको जीवनबारे।एक यस्तो व्यक्तिको कथा, जसले "जिन्दगीमा केही ठूलो गर्नुपर्छ" भन्ने सोचलाई उद्यमशीलताको यात्रामा रूपान्तरण गरे।आजको हाम्रो कथाका नायक हुन्  Kim Beom-soo (김범수)  दक्षिण कोरियाका चर्चित उद्यमी, KakaoTalk का संस्थापक, र लाखौं युवाहरूका रोल मोडल हुन्


 गरिबीमा जन्मिएको बालक



Kim Beom-soo को जन्म सन् १९६३ मार्च २७ मा दक्षिण कोरियाको  Jeollanam-do, Damyang  क्षेत्रमा

 एउटा  गरिब परिवारमा भएको थियो।

पछि उनी परिवारसँगै राजधानी सउलमा हुर्किए।

ठूलो परिवार, आर्थिक अभाव, र परिवारको जेठो छोरा हुनु  यी सबै कारणले उनको बाल्यकाल संघर्षले भरिएको

 थियो।

तर एउटा कुरा भने स्पष्ट थियो

गरिबीले उनको सपना सानो बनाउन सकेन।

उनी अत्यन्त जिज्ञासु, मेहनती र पढाइमा अब्बल थिए।

कडा मेहनतकै बलमा उनले दक्षिण कोरियाको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय  Seoul National University बाट

 अध्ययन पूरा गरे।


  Samsung बाट सुरु भएको करियर


विश्वविद्यालयको पढाइ सकिएपछि सन् १९९२ मा Kim Beom-soo ले  Samsung SDS  मा सफ्टवेयर

 डेभलपरको रूपमा आफ्नो करियर सुरु गरे।

त्यहाँ काम गर्ने क्रममा उनले ठूला प्रविधि प्रणाली कसरी सञ्चालन हुन्छन्, लाखौं प्रयोगकर्तालाई सेवा दिने

 टेक्नोलोजी कसरी निर्माण गरिन्छ भन्ने गहिरो अनुभव प्राप्त गरे।

तर राम्रो तलब र सुरक्षित जागिर हुँदाहुँदै पनि उनी भित्रबाट सन्तुष्ट थिएनन्।

उनी बारम्बार आफैंलाई एउटा प्रश्न सोध्थे

 "के प्रविधि केवल ठूला कम्पनीहरूको लागि मात्र हो?

 कि यसले सामान्य मानिसहरूको जीवन पनि सहज बनाउन सक्छ?"

सुरक्षित जागिर छोड्ने साहस

पाँच वर्षपछि उनले धेरैलाई अचम्मित पार्ने निर्णय गरे।

Samsung जस्तो प्रतिष्ठित कम्पनीको सुरक्षित जागिर छोडेर अनिश्चित भविष्यतर्फ कदम बढाए।

धेरै मानिसहरूले भने

"Samsung जस्तो कम्पनी छोड्ने? पागल भयौ कि क्या हो?"

Samsung मा काम पाउनु र गर्नु धे‍रै कोरियन युवा हरु को सपना हो 

तर Kim Beom-soo लाई थाहा थियो


ठूलो सपना देख्न कहिलेकाहीँ ठूलो जोखिम लिनै पर्छ।


 भविष्य देख्ने आँखा

Samsung पछि उनी  NHN (हालको Naver) मा काम गर्न थाले।

यही समयमा उनले इन्टरनेट र मोबाइल सेवाको भविष्यलाई नजिकबाट बुझ्न थाले।

जब सन् २००७ मा iPhone र २००८ मा Android स्मार्टफोन बजारमा आए, उनले एउटा ठूलो अवसर देखे।

उनलाई लाग्यो

"कोरियाका सबै मानिसलाई जोड्ने सरल, छिटो र निःशुल्क कम्युनिकेशन प्लेटफर्म आवश्यक छ।

यही सोचले जन्म दियो  KakaoTalk


 KakaoTalk को जन्म

सन् २०१० मार्च १८ मा KakaoTalk आधिकारिक रूपमा सार्वजनिक गरियो।

सुरुवाती दिनहरू सजिला थिएनन्।

* ठूलो अफिस थिएन

* ठूलो लगानी थिएन

* धेरैले सफल हुन्छ भनेर विश्वास पनि गरेका थिएनन्

तर एउटा स्पष्ट उद्देश्य थियो—

 "प्रविधिले मानिसलाई नजिक ल्याउनुपर्छ।"

त्यही उद्देश्यले KakaoTalk लाई अगाडि बढायो।


कोरियाको नम्बर–वान एप

KakaoTalk सुरु भएको पहिलो वर्षमै करिब  १ करोड डाउनलोड पुगेको थियो।

आज यसको सक्रिय प्रयोगकर्ता संख्या करिब  ५ करोड ३० लाखभन्दा बढी पुगेको छ।

आजभोली दक्षिण कोरियामा लगभग हरेक स्मार्टफोन प्रयोगकर्ताको

 फोनमा KakaoTalk हुन्छ।

यो अब केवल मेसेन्जर एप मात्र होइन

 कोरियाली डिजिटल जीवनको आधार बनेको छ।

KakaoTalk मार्फत मानिसहरूले

 सन्देश पठाउँछन्

 भिडियो कल गर्छन्

 भुक्तानी गर्छन्

 ट्याक्सी बोलाउँछन्

 बैंकिङ सेवा प्रयोग गर्छन्

 विभिन्न डिजिटल सेवाहरूमा पहुँच पाउँछन्

सबै कुरा एउटै एपभित्र।


गरिब परिवारको छोरा देखि अरबपति सम्म



गरिब परिवारमा जन्मिएको एउटा साधारण युवक

Seoul National University को विद्यार्थी बन्यो।

 Samsung को डेभलपर बन्यो।

 KakaoTalk को संस्थापक बन्यो।

 सन् २०२१ मा दक्षिण कोरियाको सबैभन्दा धनी व्यक्ति बन्यो।

र सन् २०२६ सम्म आइपुग्दा उनको अनुमानित सम्पत्ति करिब  ४.५७ अर्ब अमेरिकी डलर रहेको छ, जसले उनलाई

दक्षिण कोरियाका धनी व्यक्तिहरूमध्ये एक बनाएको छ।



 सम्पत्तिको अर्थ समाजसेवा

Kim Beom-soo ले एकपटक भनेका थिए

"मेरो सम्पत्तिले समाजमा राम्रो परिवर्तन ल्याउन सकेन भने त्यो

 सम्पत्ति व्यर्थ हो।"

त्यसैले जब उनी कोरियाका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक बने, उनले आफ्नो सम्पत्तिको आधाभन्दा बढी भाग समाजका लागि दान गर्ने प्रतिबद्धता जनाए।

यसले प्रमाणित गर्छ

साँचो सफलता केवल धन कमाउनु होइन, समाजलाई केही फर्काउनु पनि हो।


 Kim Beom-soo को जिबनी ले हामीलाई के

 सिकाउँछ?

यो कथा केवल पैसाको कथा होइन।

यो कथा हो—

 ठूलो सपना देख्ने साहसको

 सुरक्षित बाटो छोड्ने हिम्मतको

निरन्तर सिकाइको

जोखिम उठाउने आत्मविश्वासको

र प्रविधिलाई उद्देश्यसँग जोड्ने सोचको

तपाईं कहाँ जन्मिनुभयो, कस्तो परिवारमा हुर्किनुभयो, अहिले कस्तो अवस्थामा हुनुहुन्छ—
त्यसले तपाईंको भविष्य निर्धारण गर्दैन।

निर्धारण गर्ने कुरा हो—

तपाईंको सोच, मेहनत, र सपनाप्रतिको प्रतिबद्धता।

सधैं सिकिरहनुहोस्।

सकारात्मक सोच्नुहोस्।

असल काम गर्नुहोस्।

र आफ्नो सपनालाई कहिल्यै सानो नठान्नुहोस्।

एक दिन तपाईं पनि समाजमा सकारात्मक प्रभाव पार्ने व्यक्ति बन्न सक्नुहुन्छ।

त्यसपछि सम्मान र सफलता आफैं तपाईंको पछि लाग्नेछन्। 


Sunday, 7 June 2026

४ लाख फूल र सयौं भालुहरूको संसार: Bear Tree Park (베어트리파크) भ्रमण

June 07, 2026 0

 ४ लाख फूल र सयौं भालुहरूको संसार: Bear Tree Park (베어트리파크) भ्रमण


दक्षिण कोरियामा घुम्नका लागि धेरै सुन्दर ठाउँहरू छन्, तर गत हप्ता 2026/6/4 तारिक मैले भ्रमण गरेको Bear Tree Park (베어트리파크) मेरो लागि विशेष अनुभव बन्यो। सेजोङ र छनान आसान सहर नजिकै रहेको यो पार्क प्रकृति, वनस्पति र वन्यजन्तुको अद्भुत संयोजन हो।



पार्क प्रवेश गरेलगत्तै हरियाली वातावरण, रंगीबिरंगी फूलहरू र व्यवस्थित बगैंचाले मन लोभ्याउँछ। यहाँ चिडियाखाना (Zoo) र वनस्पति उद्यान (Arboretum) एकै स्थानमा सहअस्तित्वमा रहेका छन्। करिब ३३०,००० वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो विशाल पार्क प्रकृतिप्रेमी र परिवारसहित घुम्न चाहनेहरूका लागि उत्कृष्ट गन्तव्य मानिन्छ।



Bear Tree Park को मुख्य आकर्षण भनेका यहाँ रहेका भालुहरू हुन्। पार्कमा धेरै भालुहरूलाई नजिकबाट हेर्न सकिन्छ। उनीहरूको गतिविधि हेर्दा बालबालिकादेखि वयस्कसम्म सबै रमाइरहेका देखिन्थे। 

यस पार्कमा १०० भन्दा बढी एशियाली कालो भालु (Asiatic Black Bears) र खैरो भालु (Brown Bears) रहेका छन्। साथै, यहाँ मयुर, सिक्का हरिण (Sika Deer) लगायत विभिन्न वन्यजन्तुहरू पनि अवलोकन गर्न सकिन्छ।

वनस्पति प्रेमीहरूका लागि पनि Bear Tree Park स्वर्गजस्तै छ। यहाँ १,००० भन्दा बढी प्रजातिका करिब ४ लाख फूल तथा रूखहरू रहेका छन्, जसले हरेक मौसममा पार्कलाई फरक र मनमोहक रूप दिन्छ।




भ्रमणका क्रममा मैले पार्कका विभिन्न भागहरूमा फोटो खिच्न र शान्त वातावरणको आनन्द लिन पाए। पार्कभित्र हिँड्दा शहरको व्यस्त जीवनबाट टाढा प्रकृतिको काखमा पुगेको अनुभूति हुन्छ। विशेष गरी परिवार, साथीभाइ वा फोटोग्राफी रुचाउने व्यक्तिहरूका लागि यो उत्कृष्ट गन्तव्य हो।



वसन्त ऋतुमा फूलहरूको सौन्दर्य र शरद ऋतुमा रंगीन पातहरूले पार्कलाई अझ आकर्षक बनाउँछन्। त्यसैले जुनसुकै मौसममा पनि यहाँको भ्रमण स्मरणीय बन्न सक्छ।




यदि तपाईं दक्षिण कोरियामा बस्नुहुन्छ वा यहाँ घुम्न आउनुभएको छ भने Bear Tree Park एकपटक अवश्य भ्रमण गर्न सुझाव दिन्छु। यहाँको प्राकृतिक सौन्दर्य, स्वच्छ वातावरण र वन्यजन्तुसँगको नजिकको अनुभवले तपाईंको यात्रा अविस्मरणीय बनाउनेछ।





address 세종특별자치시 전동면 신송로 217

 Bear Tree Park खुल्ने समय (Opening Hours)

Bear Tree Park वर्षभरि आगन्तुकहरूका लागि खुला रहने गर्दछ। पार्क बन्द हुनुभन्दा १ घण्टा अगाडि अन्तिम प्रवेश दिइन्छ ताकि आगन्तुकहरूले पर्याप्त समय लिएर पार्क अवलोकन गर्न सकून्।

मार्च – नोभेम्बर

सोमबार – बिहीबार

खुल्ने समय: बिहान ९:०० बजे

 बन्द हुने समय: साँझ ७:०० बजे

 अन्तिम प्रवेश: साँझ ६:०० बजे


 डिसेम्बर – फेब्रुअरी

सोमबार – बिहीबार**

खुल्ने समय: बिहान १०:०० बजे

 बन्द हुने समय: साँझ ७:०० बजे

 अन्तिम प्रवेश: साँझ ६:०० बजे

शुक्रबार – आइतबार

खुल्ने समय: बिहान १०:०० बजे

बन्द हुने समय: राति ८:०० बजे

अन्तिम प्रवेश: साँझ ७:०० बजे

नोट: खराब मौसमका कारण पार्कको बन्द हुने समय परिवर्तन हुन सक्नेछ।


 प्रवेश शुल्क (Admission Fee)


 वयस्क (Adult)         13,000 वोन |
 किशोर (Youth)         11,000 वोन |
 बालबालिका (Children)  9,000 वोन  |
३६ महिना भन्दा साना नानी हरु लाई निशुल्क



यदि तपाईं दक्षिण कोरियामा घुम्नका लागि कुनै विशेष स्थान खोज्दै हुनुहुन्छ भने, Bear Tree Park अवश्य भ्रमण गर्नुपर्ने गन्तव्य हो।

Saturday, 6 June 2026

विश्वकप २०२६ आयोजना हुने १६ रंगशाला जहाँ फुटबल को नयाँ इतिहास लेखिनेछ

June 06, 2026 0

विश्वकप २०२६ आयोजना हुने  १६ रंगशाला  जहाँ फुटबल को नयाँ इतिहास लेखिनेछ



फुटबलको सबैभन्दा ठूलो महाकुम्भ, फिफा विश्वकप २०२६,जुन११ बाट  सुरु हुदैछ जुन अब केवल केहि  दिन मात्र बाँकी छ। विश्वभरका करोडौं फुटबल समर्थक र सहभागी राष्ट्रका खेलाडीहरू आयोजक देशहरू पुगिसकेका  छन्। यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणमध्ये एक हुने अपेक्षा गरिएको छ।

अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप २०२६ का खेलहरू कुल १६ अत्याधुनिक रंगशालामा सञ्चालन हुनेछन्। तीमध्ये ११ रंगशाला अमेरिकामा, ३ मेक्सिकोमा र २ क्यानाडामा रहेका छन्। आधुनिक सुविधा, विशाल दर्शक क्षमता र विश्वस्तरीय पूर्वाधारले सजिएका यी रंगशालाहरूले फुटबल प्रेमीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्नेछन्।

आज हामी   विश्वकप २०२६ का उत्कृष्ट १६ रंगशालाहरू, तिनको विशेषता, दर्शक क्षमता तथा पूर्ण खेल तालिका बारे जानकारी प्रस्तुत गर्दैछौं। आउनुहोस्, विश्व फुटबलको महाउत्सव सुरु हुनुअघि यसका भव्य रंगशालाहरूको रोमाञ्चक यात्रा गरौं।


1.Mexico City Stadium


Location: Mexico City, Mexico

Capacity: 83,000

Opened: 1966

२०२६ FIFA विश्वकपको उद्घाटन खेल यही ऐतिहासिक मेक्सिको सिटी स्टेडियममा हुनेछ, जसले विश्वकप इतिहासमा नयाँ कीर्तिमान स्थापित गर्नेछ।

Mexico City Stadium विश्व फुटबलको साँचो महाकुम्भस्थल हो र FIFA विश्वकपको इतिहासमा तेस्रो पटक खेल आयोजना गर्ने पहिलो रंगशाला बन्न लागेको छ। सन् १९७० र १९८६ का विश्वकप फाइनलमा महान खेलाडी Pelé र Diego Maradona जस्ता फुटबलका दिग्गजहरूले यहाँ आफ्नो जादू देखाएका थिए। अब २०२६ FIFA विश्वकपमा पनि यही रंगशाला फेरि विश्वको ध्यानको केन्द्र बन्नेछ।

यो रंगशाला हाल मेक्सिकोको प्रसिद्ध क्लब Club América तथा Mexico national football team को घरेलु मैदान हो। 

सन् २०११ मा आयोजित FIFA U-17 World Cup को फाइनल पनि यही रंगशालामा भएको थियो। उक्त खेलमा ९८,९४३ दर्शक उपस्थित भएका थिए, जुन प्रतियोगिताको इतिहासमै कुनै खेलमा उपस्थित भएको सबैभन्दा ठूलो दर्शक संख्या हो।

यहाँ उद्घाटन खेल सँगै विश्वकप २०२६ का ५ खेल हरु हुनेछ


2.New York New Jersey Stadium


Location: East Rutherford, New Jersey, USA

Capacity: 82,500

Opened: 2010

२०२६ FIFA विश्वकपको फाइनल खेल यही न्यूयोर्क–न्यु जर्सी स्टेडियममा आयोजना हुनेछ, जहाँ नयाँ विश्व च्याम्पियनको जन्म हुनेछ। 

New York New Jersey Stadium विगतका वर्षहरूमा मुख्य रूपमा NFL का सुपरस्टार खेलाडीहरूको मैदानका रूपमा परिचित रहे पनि, सन् २०२६ मा विश्व फुटबलका उत्कृष्ट खेलाडीहरू यहाँ उत्रिनेछन् र फुटबल  मुख्य आकर्षण बन्नेछ।

सन् २०१० मा सञ्चालनमा आएको यो बहुउद्देश्यीय रंगशाला हाल New York Giants र New York Jets को घरेलु मैदान हो।

सन् २०१६ मा आयोजित Copa América Centenario को फाइनल पनि यही रंगशालामा भएको थियो, जहाँ Chile national football team ले Argentina national football team लाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। त्यस खेलपछि Lionel Messi को अन्तर्राष्ट्रिय करियरबारे धेरै चर्चा भएको थियो।

यो रंगशालाले खेलकुद मात्र होइन, संगीत क्षेत्रका विश्वप्रसिद्ध कलाकारहरूलाई पनि स्वागत गरेको छ। Bruce Springsteen, Beyoncé, Ed Sheeran र Taylor Swift जस्ता चर्चित कलाकारहरूले यहाँ प्रस्तुति दिइसकेका छन्

सन् २०२५ को FIFA Club World Cup 2025 को फाइनल पनि यही रंगशालामा सम्पन्न भएको थियो। विश्वभरका समर्थकहरूले Chelsea FC को Paris Saint-Germain विरुद्धको ३–० को शानदार जित प्रत्यक्ष हेरेका थिए। यस प्रतियोगिताका सेमिफाइनल, एक क्वार्टरफाइनल तथा पाँच समूह चरणका खेलहरू समेत यही रंगशालामा आयोजना गरिएको थियो।

यहाँ फाइनल खेल सँगै विश्वकप २०२६ का ८ खेल हरु हुनेछ


3.Atlanta Stadium


Location: Atlanta, Georgia, USA

Capacity: 75,000

Opened: 2017

२०२६ FIFA विश्वकपका सेमिफाइनल खेलहरू आयोजना गर्ने प्रमुख रंगशालामध्ये अटलान्टा स्टेडियम Mercedes-Benz Stadium पनि एक हो। यसको अत्याधुनिक प्रविधि, विशाल क्षमता र उत्कृष्ट दर्शक अनुभवका कारण यसलाई विश्वकपका सबैभन्दा आकर्षक रंगशालामध्ये एक मानिन्छ। 

Atlanta Stadium दर्शकहरूको अनुभवलाई केन्द्रमा राखेर निर्माण गरिएको आधुनिक र विश्वस्तरीय रंगशाला हो। ३०० फिटभन्दा बढी उचाइ भएको यस रंगशालामा विश्वमै दुर्लभ मानिने रिट्र्याक्टेबल (खुल्ने–बन्द हुने) छाना र ३६० डिग्री "हेलो" भिडियो डिस्प्ले जडान गरिएको छ। यसको वातावरणमैत्री डिजाइनका कारण यसलाई विश्वकै सबैभन्दा दिगो (सस्टेनेबल) रंगशालामध्ये एक मानिन्छ।यो रंगशाला सन् २०१७ मा निर्माण सम्पन्न भएको हो।यसको निर्माणमा करिब १ दशमलव ६ अर्ब अमेरिकी डलर खर्च भएको थिय करिब २ खर्ब नेपाली रुपैयाँभन्दा बढी।

खुलेयता यसले अमेरिकाका धेरै प्रतिष्ठित खेलकुद तथा मनोरञ्जन कार्यक्रमहरूको आयोजना गरेको छ, जसमा MLS All-Star Game, College Football Playoff National Championship, Super Bowl LIII, विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलहरू तथा विश्वप्रसिद्ध कलाकारहरूको सांगीतिक कार्यक्रमहरू समावेश छन्।

सन् २०२५ को FIFA Club World Cup 2025 अन्तर्गत पनि यस रंगशालाले महत्वपूर्ण भूमिका खेलेको थियो। यहाँ तीन समूह चरणका खेल, दुई राउण्ड अफ १६ का खेल तथा Paris Saint-Germain र FC Bayern München बीचको रोमाञ्चक क्वार्टरफाइनल खेल आयोजना गरिएको थियो।

यहाँ सेमी-फाइनल खेल सँगै विश्वकप २०२६ का ८ खेल हरु हुनेछ



4.Dallas Stadium


Location: Arlington, Texas, USA

Capacity: 94,000

Opened: 2009

२०२६ FIFA विश्वकपका लागि डलास स्टेडियमलाई प्रमुख रंगशालामध्ये एक मानिएको छ। यसको विशाल क्षमता, आधुनिक प्रविधि र विश्वस्तरीय सुविधा कारण लाखौं फुटबल समर्थकको ध्यान यस रंगशालामा केन्द्रित हुनेछ

Dallas Stadium विश्वकै सबैभन्दा प्रभावशाली र आकर्षक रंगशालामध्ये एक हो। यसको अद्भुत वास्तुकला, अत्याधुनिक सुविधा तथा खेलकुद र सांगीतिक कार्यक्रमका लागि प्रदान गर्ने अविस्मरणीय अनुभवका कारण यसलाई "जीवनमा एकपटक अवश्य भ्रमण गर्नुपर्ने" स्थल मानिन्छ। रंगशालाभित्र २५,००० वर्गफुटभन्दा बढी क्षेत्रफलमा फैलिएको विशाल भिडियो डिस्प्ले तथा विभिन्न कलात्मक संरचनाहरू रहेका छन्।

सन् २००९ मा सञ्चालनमा आएको यो रंगशाला पाँच पटकको Dallas Cowboys सुपर बाउल विजेता टोलीको घरेलु मैदान हो। साथै, यहाँ CONCACAF Gold Cup का खेलहरू तथा Mexico national football team का अन्तर्राष्ट्रिय खेलहरू पनि आयोजना हुँदै आएका छन्।

यस रंगशालाले अमेरिकाका धेरै प्रतिष्ठित खेलकुद प्रतियोगिताहरूको आयोजना गरेको छ

यहाँ सेमी-फाइनल खेल सँगै विश्वकप २०२६ का ९ खेल हरु हुनेछ



5.Toronto Stadium


Location: Toronto, Ontario, Canada

Capacity: 45,000

Opened: 2007

 टोरोन्टो स्टेडियम (BMO Field) – विश्वकप २०२६ का प्रमुख रंगशालामध्ये एक

क्यानडाको टोरोन्टोस्थित BMO Field विशेष रूपमा FIFA U-20 World Cup 2007 आयोजना गर्न निर्माण गरिएको थियो। सन् २००७ को उक्त प्रतियोगिताको फाइनल यही मैदानमा भएको थियो, जहाँ Argentina च्याम्पियन बनेको थियो। प्रतियोगितामा युवा स्टार Sergio Agüero ले गोल्डेन बल र गोल्डेन बुट दुवै जितेका थिए।

यस मैदानले क्यानडाको फुटबल इतिहासको एक महत्वपूर्ण क्षण पनि देखेको छ। 2022 FIFA World Cup qualification अन्तर्गत Canada men's national soccer team ले Jamaica national football team माथि जित हासिल गर्दै 2022 FIFA World Cup मा स्थान सुरक्षित गरेको थियो।

यस मैदानसँग अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको राम्रो अनुभव पनि छ। यहाँ FIFA U-20 Women's World Cup 2014 का खेलहरू समेत सञ्चालन भएका थिए।

Toronto Stadium का विशेषताहरू

इङ्ग्लिस प्रिमियर लिग शैलीको छाना (Roof Canopy)

दर्शकलाई खेल नजिकबाट हेर्न मिल्ने ठाडो स्ट्यान्ड

विश्वकप तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव

FIFA World Cup 2026™ का खेलहरू आयोजना गर्ने रंगशाला

क्षमता: करिब ३०,००० दर्शक (विश्वकपका लागि अस्थायी रूपमा विस्तार गरिने)।

 फिफा विश्वकप २०२६ का खेलहरू आयोजना गर्ने यो मैदान क्यानडाको फुटबल इतिहास र आधुनिक स्टेडियम वास्तुकलाको उत्कृष्ट उदाहरण मानिन्छ।यहाँ  विश्वकप २०२६ का ६ खेल हरु हुनेछ



6.BC Place Vancouver


Location: Vancouver, British Colombia, Canada

Capacity: 54,000

Opened: 1983

बीसी प्लेस भ्यानकुभर (BC Place Vancouver) – क्यानडाको प्रतिष्ठित विश्वकप रंगशाला

क्यानडाको भ्यानकुभर शहरमा BC Place स्थित यो रंगशाला आफ्नो अद्भुत वास्तुकला र विशाल गुम्बज (roof) का लागि विश्वभर परिचित छ। चार दशकभन्दा बढी इतिहास बोकेको यो मैदान False Creek किनारमा अवस्थित छ र भ्यानकुभरको प्रमुख पहिचानमध्ये एक मानिन्छ।

हाल यो मैदान Vancouver Whitecaps FC (MLS) र BC Lions (CFL) को घरेलु मैदान हो। साथै, Canada men's national soccer team ले पनि बेला–बेलामा यहाँ आफ्ना अन्तर्राष्ट्रिय खेलहरू खेल्ने गरेको छ।

यस मैदानको सबैभन्दा स्मरणीय क्षणमध्ये एक 2015 FIFA Women's World Cup Final हो। फाइनलमा United States Women's National Team ले साविक विजेता Japan Women's National Team लाई ५–२ ले पराजित गर्दै उपाधि जितेको थियो। उक्त खेलमा Carli Lloyd ले खेलको पहिलो १५ मिनेटमै ह्याट्रिक गर्दै इतिहास रचेकी थिइन्।

करिब ५४,००० दर्शक अट्ने क्षमता रहेको यस रंगशालालाई विश्वकप २०२६ का लागि थप आधुनिक बनाइएको छ।

 BC Place Vancouver केवल एउटा रंगशाला मात्र होइन, क्यानडाको खेलकुद इतिहास र आधुनिक वास्तुकलाको प्रतीक पनि हो।यहाँ  विश्वकप २०२६ का ७ खेल हरु हुनेछ



7.Estadio Guadalajara


Location: Zapopan, Jalisco, Mexico

Capacity: 48,000

Opened: 2010

 एस्टाडियो ग्वाडालाहारा (Estadio Guadalajara) – मेक्सिकोको आधुनिक फुटबल मन्दिर

मेक्सिकोको ग्वाडालाहारामा रहेको Estadio Guadalajara फिफा विश्वकप २०२६ का सबैभन्दा आकर्षक रंगशालामध्ये एक हो। उचाइमा निर्माण गरिएको र गोलाकार (Coliseum-जस्तो) डिजाइनका कारण यो रंगशाला टाढैबाट पनि सजिलै चिनिन्छ।

सन् २०१० मा उद्घाटन गरिएको यो रंगशाला मेक्सिकोको प्रसिद्ध क्लब C.D. Guadalajara (चिभास) को घरेलु मैदान हो। यहाँ क्लबले धेरै ऐतिहासिक सफलता हासिल गरेको छ।

यस रंगशालाले FIFA U-17 World Cup 2011 का प्रमुख खेलहरू आयोजना गरेको थियो। साथै, सोही वर्ष सम्पन्न 2011 Pan American Games का कार्यक्रमहरू पनि यहाँ सञ्चालन भएका थिए।

 क्षमता

करिब ४८,००० दर्शक अट्ने क्षमता रहेको यो रंगशाला विश्वकप २०२६ का लागि मेक्सिकोको प्रमुख केन्द्रमध्ये एक हुनेछ।

Estadio Guadalajara केवल चिभासको घर मात्र होइन, आधुनिक मेक्सिकन फुटबलको गर्व र विश्वकप २०२६ को महत्वपूर्ण रंगशालामध्ये एक हो।यहाँ  विश्वकप २०२६ का ४ खेल हरु हुनेछ


8.Estadio Monterrey


Location: Guadalupe, Nuevo Leon, Mexico

Capacity: 53,500

Opened: 2015

 एस्टाडियो BBVA (Estadio BBVA) – हरित प्रविधियुक्त आधुनिक फुटबल रंगशाला

मेक्सिकोको मोन्टेरे शहरमा रहेको Estadio BBVA उत्तर अमेरिकाका सबैभन्दा आधुनिक र वातावरणमैत्री फुटबल रंगशालामध्ये एक मानिन्छ। अत्याधुनिक ऊर्जा समाधान (Energy Solutions) र कम भोल्टेज प्रविधि प्रयोग गरिएको यस रंगशालाले सन् २०१५ मा उद्घाटन भएपछि अमेरिकाभरकै पहिलो LEED Silver Certification प्राप्त गर्ने फुटबल रंगशालाको गौरव हासिल गरेको थियो।

यो रंगशाला मेक्सिकोको प्रसिद्ध क्लब C.F. Monterrey (रेयाडोस) को घरेलु मैदान हो, जहाँ टोलीले आफ्नो Liga MX का घरेलु खेलहरू खेल्ने गर्छ।

सन् २०२२ मा सम्पन्न 2022 Concacaf W Championship का ८ खेल यही मैदानमा आयोजना भएका थिए। प्रतियोगिताको फाइनलमा United States Women's National Team ले Canada Women's National Soccer Team लाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो।

यस रंगशालाले आफ्नो पहिलो दशकमा विश्वप्रसिद्ध कलाकारहरूको प्रस्तुति पनि देखेको छ। 

Coldplay

Bad Bunny

Justin Bieber

जस्ता अन्तर्राष्ट्रिय कलाकारहरूले यहाँ भव्य कन्सर्ट आयोजना गरिसकेका छन्।

करिब ५३,५०० दर्शक अट्ने क्षमता रहेको यो रंगशाला मेक्सिकोका सबैभन्दा आधुनिक खेल मैदानमध्ये एक हो।

 Estadio BBVA आधुनिक प्रविधि, वातावरणीय दिगोपन र विश्वस्तरीय खेलकुद अनुभवको उत्कृष्ट उदाहरण हो, जसले फिफा विश्वकप २०२६ मा पनि महत्वपूर्ण भूमिका खेल्नेछ।यहाँ  विश्वकप २०२६ का ४ खेल हरु हुनेछ


9.Boston Stadium


Location: Foxborough, Massachusetts, USA

Capacity: 65,000

Opened: 2002

 बोस्टन स्टेडियम (Gillette Stadium) – विश्वकप २०२६ का लागि नयाँ रूप

अमेरिकाको म्यासाचुसेट्स राज्यमा रहेको Gillette Stadium ले फिफा विश्वकप २०२६ अघि ठूलो स्तरको आधुनिकीकरण (Renovation) सम्पन्न गरेको छ। नयाँ सुविधाहरूका कारण यो उत्तर अमेरिकाकै अत्याधुनिक रंगशालामध्ये एक बनेको छ।

२२,००० वर्गफुट क्षेत्रफलको अमेरिकाकै सबैभन्दा ठूलो बाहिरी HD भिडियो स्क्रिन

५०,००० वर्गफुटको ग्लासले घेरिएको आतिथ्य (Hospitality) तथा कार्यक्रम स्थल

रंगशालाका सबै तहलाई जोड्ने ३६० डिग्री कनेक्टिभिटी

आधुनिक दर्शक सुविधा र डिजिटल अनुभव

यो रंगशाला New England Revolution (MLS) र New England Patriots को घरेलु मैदान हो।

विगतमा यहाँ धेरै प्रतिष्ठित फुटबल प्रतियोगिताहरू आयोजना भएका छन्, जस्तै

FIFA Women's World Cup 2003

Copa América Centenario

CONCACAF Gold Cup

International Champions Cup

खेलकुदसँगै यो रंगशाला विश्वप्रसिद्ध कलाकारहरूको कन्सर्टका लागि पनि लोकप्रिय छ। हरेक वर्ष यहाँ हजारौँ दर्शक सहभागी हुने ठूला सांगीतिक कार्यक्रम आयोजना गरिन्छन्।

 करिब ६५,००० भन्दा बढी दर्शक अट्ने क्षमता रहेको यो रंगशाला विश्वकप २०२६ का प्रमुख अमेरिकी रंगशालामध्ये एक हुनेछ।यहाँ  विश्वकप २०२६ का ७ खेल हरु हुनेछ



10.Houston Stadium


Location: Houston, Texas, USA

Capacity: 72,000

Opened: 2002

 ह्युस्टन स्टेडियम (NRG Stadium) – टेक्सासको बहुउद्देश्यीय खेलकुद केन्द्र

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा रहेको NRG Stadium फिफा विश्वकप २०२६ का लागि छनोट भएका प्रमुख रंगशालामध्ये एक हो। फुटबल, अमेरिकी फुटबल, कन्सर्ट र विभिन्न ठूला कार्यक्रमका लागि परिचित यो मैदानले वर्षौंदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आएको छ।

सन् २००२ मा उद्घाटन गरिएको यस रंगशालाको सबैभन्दा ठूलो विशेषता यसको Retractable Roof (खुल्ने-बन्द हुने छाना) हो, जसले मौसमअनुसार खेल सञ्चालन गर्न सजिलो बनाउँछ।

NRG Stadium ले विभिन्न प्रतिष्ठित फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ:

MLS All-Star Game

United States men's national soccer team का अन्तर्राष्ट्रिय खेलहरू

Mexico national football team का मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेलहरू

Copa América Centenario का ३ खेलहरू

यी अनुभवहरूले यसलाई विश्वकप २०२६ का लागि उत्कृष्ट तयारी भएको रंगशाला बनाएका छन्।

यो रंगशाला Houston Texans को घरेलु मैदान पनि हो। यहाँको प्रसिद्ध "Bull Pen" खण्डमा टोलीका सबैभन्दा उत्साही समर्थकहरू बस्ने गर्छन्, जसले खेलका बेला अत्यन्तै रोमाञ्चक वातावरण सिर्जना गर्छन्।

करिब ७२,००० दर्शक अट्ने क्षमता रहेको NRG Stadium विश्वकप २०२६ का सबैभन्दा ठूला रंगशालामध्ये एक हुनेछ।

 NRG Stadium आधुनिक प्रविधि, विशाल क्षमता र अन्तर्राष्ट्रिय खेलकुद अनुभवको उत्कृष्ट संयोजन हो, जसले FIFA World Cup 2026™ मा विश्वभरका फुटबल समर्थकलाई स्वागत गर्नेछ।यहाँ  विश्वकप २०२६ का ७ खेल हरु हुनेछ



11.Kansas City Stadium


Location: Kansas City, Missouri, USA

Capacity: 73,000

Opened: 1972

कान्सास सिटी स्टेडियम (GEHA Field at Arrowhead Stadium) – विश्वकै सबैभन्दा ठूलो आवाज निकाल्ने रंगशाला

अमेरिकाको मिसौरी राज्यमा रहेको Arrowhead Stadium खेलकुद जगतमा आफ्नो अद्भुत वातावरण र दर्शकहरूको जोशका लागि प्रसिद्ध छ। यो रंगशाला Guinness World Records द्वारा विश्वकै सबैभन्दा ठूलो आवाज निकाल्ने खुला खेल मैदान (Loudest Outdoor Sports Venue) को रूपमा प्रमाणित गरिएको छ।

सन् २०१४ मा Kansas City Chiefs र New England Patriots बीचको खेलका क्रममा दर्शकहरूले १४२.२ डेसिबल आवाज निकालेर विश्व रेकर्ड बनाएका थिए। यो आवाज जेट विमान उड्दा निस्कने आवाजको नजिक मानिन्छ।

कान्सास सिटी एउटा अनौठो महानगर हो, जुन Missouri र Kansas दुवै राज्यमा फैलिएको छ। यही कारणले यसलाई अमेरिकाको महत्वपूर्ण खेलकुद केन्द्रमध्ये एक मानिन्छ।

करिब ७६,००० दर्शक अट्ने क्षमता भएको यो रंगशाला FIFA World Cup 2026™ का सबैभन्दा ऊर्जावान र रोमाञ्चक रंगशालामध्ये एक हुने अपेक्षा गरिएको छ।यहाँ  विश्वकप २०२६ का ६ खेल हरु हुनेछ



12.Los Angeles Stadium



Location: Inglewood, California, USA

Capacity: 70,000

Opened: 2020

 लस एन्जलस स्टेडियम (SoFi Stadium) – विश्वकप २०२६ को सबैभन्दा आधुनिक रंगशालामध्ये एक

अमेरिकाको क्यालिफोर्नियामा रहेको SoFi Stadium FIFA World Cup 2026 का लागि छनोट भएका सबैभन्दा नयाँ र अत्याधुनिक रंगशालामध्ये एक हो। सेप्टेम्बर २०२० मा उद्घाटन गरिएको यो रंगशाला लस एन्जलस नजिकै अवस्थित छ र सन् १९९४ को विश्वकप फाइनल भएको प्रसिद्ध Rose Bowl Stadium बाट करिब ३० मिनेटको दूरीमा रहेको छ।

यो रंगशाला NFL का दुई चर्चित टोलीहरूको घरेलु मैदान हो:

Los Angeles Rams

Los Angeles Chargers

सन् २०२२ मा आयोजित Super Bowl LVI पनि यही रंगशालामा भएको थियो, जहाँ Rams ले Cincinnati Bengals लाई २३–२० ले पराजित गर्दै उपाधि जितेको थियो।

SoFi Stadium खेलकुद मात्र होइन, विश्वका चर्चित कलाकारहरूको कन्सर्ट स्थल पनि बनेको छ। यहाँ

Taylor Swift

BTS

Ed Sheeran जस्ता बिश्व प्रशिद्द कलाकार हरुले प्रस्तुती दिएका छन

२०२० मा उद्घाटन गरिएको अत्याधुनिक रंगशाला

विश्वप्रसिद्ध घुमाउरो (iconic) छाना डिजाइन का कारण  बिश्वभर प्रसिद्द रहेको छ

विश्वकपका लागि करिब ७०,००० भन्दा बढी दर्शक अट्ने क्षमता रहेको यो रंगशाला आवश्यकताअनुसार अझ विस्तार गर्न सकिन्छ।

 SoFi Stadium आधुनिक प्रविधि, आकर्षक वास्तुकला र विश्वस्तरीय खेल तथा मनोरञ्जन अनुभवको उत्कृष्ट उदाहरण हो। FIFA World Cup 2026 का दौरान यो विश्वभरका फुटबल समर्थकहरूको मुख्य आकर्षण बन्ने निश्चित छ।यहाँ  विश्वकप २०२६ का ८ खेल हरु हुनेछ



13.Miami Stadium


Location: Miami Gardens, Florida, USA

Capacity: 65,000

Opened: 1987

अमेरिकाको फ्लोरिडा राज्यमा रहेको Hard Rock Stadium FIFA World Cup 2026 का लागि छनोट भएका सबैभन्दा चर्चित रंगशालामध्ये एक हो। यो केवल फुटबल मैदान मात्र नभई विश्वस्तरीय खेलकुद, मोटरस्पोर्ट, टेनिस, संगीत तथा सांस्कृतिक कार्यक्रमहरूको प्रमुख केन्द्र पनि हो।

करिब ६५,००० दर्शक अट्ने क्षमता भएको Hard Rock Stadium विश्वकप २०२६ का सबैभन्दा आकर्षक रंगशालामध्ये एक हुनेछ।

 Hard Rock Stadium खेलकुद, मनोरञ्जन र विश्वस्तरीय आयोजनाको उत्कृष्ट संगम हो, जसले FIFA World Cup 202 का क्रममा विश्वभरका समर्थकलाई अविस्मरणीय अनुभव प्रदान गर्नेछ।


यहाँ  विश्वकप २०२६ का ७ खेल हरु हुनेछ

14.Philadelphia Stadium


Location: Philadelphia, Pennsylvania, USA

Capacity: 69,000

Opened: 2003

फिलाडेल्फिया स्टेडियम (Lincoln Financial Field) – फुटबल र अमेरिकी फुटबलको प्रतिष्ठित मैदान

अमेरिकाको पेन्सिलभेनिया राज्यमा रहेको Lincoln Financial Field FIFA World Cup 2026 का लागि छनोट भएका महत्वपूर्ण रंगशालामध्ये एक हो। सन् २००३ मा उद्घाटन गरिएको यस रंगशालाको पहिलो खेल नै विश्व फुटबलका दुई दिग्गज क्लबबीच भएको थियो।

अगस्ट २००३ मा उद्घाटन खेलमा Manchester United र FC Barcelona आमनेसामने भएका थिए।

त्यस खेलमा ब्राजिलियन स्टार Ronaldinho को उत्कृष्ट पासमा Patrick Kluivert ले गोल गर्दै रंगशालाको इतिहासमा पहिलो गोलकर्ता बनेका थिए।

यो रंगशाला NFL टोली Philadelphia Eagles को स्थायी घरेलु मैदान हो।

करिब ६७,००० दर्शक अट्ने क्षमता भएको Lincoln Financial Field विश्वकप २०२६ का महत्वपूर्ण अमेरिकी रंगशालामध्ये एक हुनेछ।

 Lincoln Financial Field फुटबल इतिहास, आधुनिक सुविधा र उत्साही खेल संस्कृतिको संगम हो, जसले FIFA World Cup 2026 मा विश्वभरका समर्थकलाई स्वागत गर्नेछ।यहाँ  विश्वकप २०२६ का ६ खेल हरु हुनेछ



15.San Francisco Bay Area Stadium




Location: Santa Clara, California, USA

Capacity: 71,000

Opened: 2014

 सान फ्रान्सिस्को बे एरिया स्टेडियम (Levi's Stadium) – प्रविधि र खेलकुदको उत्कृष्ट संगम

क्यालिफोर्नियाको सान्ता क्लारा शहरमा अवस्थित Levi's Stadium FIFA World Cup 2026 का लागि छनोट भएका आधुनिक रंगशालामध्ये एक हो। सन् २०१४ मा उद्घाटन भएको यो रंगशाला NFL टोली San Francisco 49ers को घरेलु मैदान हो।

करिब ६८,५०० दर्शक अट्ने क्षमता रहेको Levi's Stadium आवश्यकताअनुसार अझ विस्तार गर्न सकिन्छ।

 Levi's Stadium आधुनिक प्रविधि, विश्वस्तरीय सुविधा र अन्तर्राष्ट्रिय खेलकुद इतिहासले भरिएको रंगशाला हो। FIFA World Cup 2026 का दौरान यो विश्वभरका फुटबल समर्थकहरूको प्रमुख आकर्षण बन्नेछ।यहाँ  विश्वकप २०२६ का ६ खेल हरु हुनेछ



16.Seattle Stadium


Location: Seattle, Washington, USA

Capacity: 69,000

Opened: 2002

 सियाटल स्टेडियम (Lumen Field) – विश्वकै सबैभन्दा ठूलो आवाज निकाल्ने रंगशालामध्ये एक

अमेरिकाको वासिङ्टन राज्यको सियाटल शहरमा रहेको Lumen Field FIFA World Cup 2026 का लागि छनोट भएका सबैभन्दा रोमाञ्चक रंगशालामध्ये एक हो। यसको अनौठो घोडाको नाल (Horseshoe) जस्तो डिजाइन र उत्तरतर्फ खुला भागबाट देखिने सियाटल शहरको आकर्षक दृश्यले यसलाई विशेष बनाउँछ।

Lumen Field ले Guinness World Records मा दुई पटक विश्वकै सबैभन्दा ठूलो आवाज निकाल्ने खुला रंगशालाको कीर्तिमान बनाएको थियो। सन् २०१३ को सेप्टेम्बर र डिसेम्बरमा यहाँका समर्थकहरूले अविश्वसनीय ध्वनि स्तर सिर्जना गरेका थिए।

करिब ६९,००० दर्शक अट्ने क्षमता रहेको Lumen Field विश्वकप २०२६ का सबैभन्दा ऊर्जावान र उत्साहपूर्ण रंगशालामध्ये एक हुनेछ। Lumen Field केवल एउटा रंगशाला होइन, समर्थकहरूको जोश, खेलप्रतिको प्रेम र अविस्मरणीय वातावरणको प्रतीक हो। FIFA World Cup 2026™ का दौरान यहाँको माहोल विश्वभरका फुटबल समर्थकका लागि विशेष आकर्षण बन्नेछ।यहाँ  विश्वकप २०२६ का ६ खेल हरु हुनेछ