Monday, 5 October 2026

कोरियामा 2026 अक्टोबरदेखि ट्राफिक नियममा कडाइ, कोरियामा गाडी चलाउने हरुले यी कुरा मा अनिवार्य ध्यान दिनुहोस्

 

दक्षिण कोरियामा अक्टोबर १, २०२६ देखि आधारभूत ट्राफिक सुरक्षा नियम उल्लंघनविरुद्ध विशेष निगरानी तथा 집중단속 सुरु भएको छ।


कोरिया प्रहरीले दुर्घटना र मृत्युको जोखिम कम गर्न सिट बेल्ट, मोटरसाइकल हेल्मेट र दिशा संकेत बत्ती (깜빡이) लगायतका आधारभूत सुरक्षा नियमलाई कडाइका साथ पालना गराउने अभियान सुरु गरेको हो।


प्रहरीका अनुसार अक्टोबर १ देखि डिसेम्बर ३१, २०२६ सम्म जोखिमयुक्त सडक, दुर्घटना धेरै हुने क्षेत्र तथा राजमार्गका प्रवेश–निकास क्षेत्रमा विशेष रूपमा निगरानी गरिनेछ। साथै, मदिरा सेवन जाँच तथा बिहान–बेलुका कार्यालय जाने/फर्कने समयमा हुने ट्राफिक व्यवस्थापनका क्रममा पनि सिट बेल्ट प्रयोग भए/नभएको जाँच गरिनेछ।


 १.  सबै यात्रुले सिट बेल्ट लगाउनुपर्ने

करमायत्रा गर्दा सिट बेल्ट नलगाउने व्यवहारमाथि प्रहरीले विशेष निगरानी गरिरहेको छ।


त्यसैले चालक मात्र होइन, यात्रुहरूले पनि सिट बेल्ट लगाएको सुनिश्चित गर्नु आवश्यक छ।


विशेषगरी लामो दूरी, राजमार्ग तथा शहरबाहिर यात्रा गर्दा यसमा अझ बढी ध्यान दिनुहोस्।

 २.  मोटरसाइकल चलाउँदा हेल्मेट अनिवार्य

मोटरसाइकल तथा दुईपांग्रे सवारी साधन चलाउने चालक र यात्रुले सुरक्षा हेल्मेट (안전모) लगाउनुपर्ने नियममा पनि विशेष निगरानी भइरहेको छ।


हेल्मेट नलगाई मोटरसाइकल चलाउने वा पछाडि बस्ने यात्रुलाई पनि प्रहरीले कारबाही गर्न सक्छ।

३.  깜빡이 नबाली लेन परिवर्तन नगर्नुहोस्


कोरियामा अहिले विशेष रूपमा ध्यान दिइएको अर्को विषय हो 방향지시등 अर्थात् 깜빡이


लेन परिवर्तन गर्दा, बायाँ वा दायाँ मोड्दा तथा आवश्यक अवस्थामा दिशा परिवर्तन गर्दा पहिले नै दिशा संकेत बत्ती प्रयोग गर्नुपर्छ।


प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा सार्वजनिक 신고 मार्फत 처리 भएका ट्राफिक उल्लंघनमध्ये दिशा संकेत बत्ती प्रयोग नगर्ने उल्लंघन दोस्रो धेरै रहेको छ।


४.“१० 벌점” बारे फैलिएको कुरा के हो?


हाल सामाजिक सञ्जालमा “깜빡이

   नबाले १० 벌점, सिट बेल्ट नलगाए १० 벌점 भन्ने खबरहरू धेरै फैलिएका छन्।


यसमा महत्वपूर्ण कुरा बुझ्न आवश्यक छ।


प्रहरीले हाल सिट बेल्ट नलगाउने, मोटरसाइकल हेल्मेट नलगाउने र दिशा परिवर्तन/लेन परिवर्तन गर्दा संकेत नदिने जस्ता उल्लंघनमा हालको 범칙금 बाहेक १० 벌점 थप्ने कानुनी संशोधन प्रस्ताव अघि बढाएको हो।


तर यो अक्टोबर २, २०२६ देखि सबै चालकलाई स्वतः १० 벌점 लाग्ने नयाँ नियम लागू भइसकेको भन्ने अर्थ होइन। सम्बन्धित 시행규칙 संशोधनका लागि थप कानुनी प्रक्रिया आवश्यक रहेको प्रहरीले जनाएको छ।


५.  दायाँ मोड्दा पैदलयात्रीलाई विशेष ध्यान


우회전 (दायाँ मोड) सम्बन्धी नियम पनि चालकले विशेष ध्यान दिनुपर्ने विषय हो।


दायाँ मोड्दा क्रसवाकमा पैदलयात्री छन् वा बाटो काट्न लागेका छन् भने उनीहरूलाई प्राथमिकता दिनुपर्छ र आवश्यक अवस्थामा 일시정지 (पूर्ण रूपमा रोकिएर) सुरक्षित भएपछि मात्र अघि बढ्नुपर्छ।


यो नियम अक्टोबर २, २०२६ बाट नयाँ बनेको होइन। त्यसैले “अक्टोबरदेखि मात्रै 우회전 नियम लागू भयो” भन्ने जानकारी सही होइन।


 ६.  सामाजिक सञ्जालमा आएको सबै ‘नयाँ ट्राफिक नियम’ विश्वास नगर्नुहोस्


कोरियाली प्रहरीले यसअघि पनि “२०२६ मा ट्राफिक नियम परिवर्तन” भनेर सामाजिक सञ्जालमा फैलिएका विभिन्न गलत सूचनाबारे तथ्य जाँच प्रकाशित गरेको थियो।


उदाहरणका लागि:


* सबै स्कुल जोनमा गति सीमा २० km/h बनाइयो भन्ने कुरा गलत हो।

* मदिरा सेवनको कानुनी सीमा ०.०२% बनाइयो भन्ने कुरा गलत हो।

* ७० वर्ष पुगेपछि लाइसेन्स नवीकरण अवधि ३ वर्षमा झारियो भन्ने कुरा गलत हो।

* सबै 횡단보도 नजिक पुगेपछि पैदलयात्री नभए पनि अनिवार्य रूपमा रोक्नुपर्छ भन्ने दाबी पनि सामान्य अवस्थामा सही होइन।


 कार चालकले अहिले के कुरामा ध्यान दिने?


कोरियामा कार चलाउने चालकहरूले अहिले विशेषगरी यी कुराहरू ध्यान दिनु राम्रो हुन्छ:
① सबै यात्रुले सिट बेल्ट लगाउने
② लेन परिवर्तन गर्दा 깜빡이 साइट लाइट बाल्ने
③ मोड्दा दिशा संकेत दिने
④ 우회전 गर्दा पैदलयात्रीलाई प्राथमिकता दिने
⑤ स्कुल जोन र दुर्घटना सम्भावित क्षेत्रमा गति नियन्त्रण गर्ने
⑥ मोटरसाइकल चलाउँदा हेल्मेट लगाउने
⑦ ट्राफिक सिग्नल तथा सडक चिह्न पालना गर्ने

Always Drive Safe, Always Arrive Safe

Winner Update 

Connecting Korea and Nepal



No comments:

Post a Comment