Wednesday, 20 May 2026

मे २४ मा दक्षिण कोरियाको सुवन मा यलेदोङ ५०८६ उभौली साकेला उत्सव हुने

मे २४  मा दक्षिण कोरियाको सुवन मा यलेदोङ ५०८६ उभौली साकेला  उत्सव हुने




किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औं केन्द्रीय कार्य समितिको आयोजनामा यहि मिती २४ मे २०२६ (आइतबार) दक्षिण कोरियाको सुवन शहरमा हुने भव्य यलेदोङ ५०८६ उभौली साकेला  उत्सव को सम्पूर्ण तयारी पुरा  भएको छ यस सांस्कृतिक कार्यक्रममा सम्पूर्ण कोरिया मा ‍रहनु भएका नेपाली  समुदायलाई हार्दिक निमन्त्रणा गरिएको छ।

उभौली साकेला किरात समुदायको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो। यस पर्वमा प्रकृतिप्रति सम्मान व्यक्त गर्दै राम्रो खेतीपाती, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। साथै, सामूहिक रूपमा साकेला नाच, सांस्कृतिक प्रस्तुति र पारम्परिक भोजनको माध्यमबाट समुदायबीच एकता र भाइचाराको सन्देश फैलाइन्छ।


यलेदोङ ५०८६ उभौली साकेला “सुवन” २०२६


२४ मे २०२६ (आइतबार)


📍 स्थान

경기도 수원시 팔달구 정조로 825


समय

बिहान १०:३० बजे



यातायात जानकारी

सुवन स्टेशनको ४, ६, ९, १० गेटबाट निस्केर
 
🚌 बस नम्बरहरू
13
66
35
82
नम्बर  बस प्रयोग गरेर कार्यक्रम स्थल पुग्न सकिने आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमको विशेषता


यस कार्यक्रममा किरात समुदायको मौलिक संस्कृति झल्किने विभिन्न गतिविधिहरू आयोजना गरिनेछ:

साकेला नृत्य
पारम्परिक भेषभूषा प्रदर्शन
सांस्कृतिक कार्यक्रम
सामूहिक भेटघाट
पारम्परिक खानाका परिकार
नेपाली समुदायबीच एकता र सद्भाव आदानप्रदान

विशेषगरी दक्षिण कोरियामा बसोबास गर्ने नेपालीहरूका लागि यो कार्यक्रम आफ्नो संस्कृति, भाषा र परम्परासँग जोडिने उत्कृष्ट अवसर बन्नेछ।

सम्पर्क नम्बर


कार्यक्रम सम्बन्धी थप जानकारीका लागि:

01023498665
01072178513
01072969535
01029267231
01021552481

winner updatej 
2026/5/20

No comments:

Post a Comment