दक्षिण कोरियामा बसोबास गर्ने नेपालीहरूको संख्या हाल ९४,१९४ पुगेको छ।
पछिल्लो तथ्यांक अनुसार तीमध्ये ७४,०८४ जना पुरुष र २०,११० जना महिला रहेका छन्। यसले कोरियामा नेपालीहरूको उपस्थिति उल्लेखनीय रूपमा बढिरहेको देखाउँछ।
कोरियाको अध्यागमन विभागले सार्वजनिक गरेको विवरण अनुसार नेपालीहरूमध्ये सबैभन्दा ठूलो हिस्सा
श्रमिक भिसा E-9 मा रहेका छन्, जसको संख्या ५१,७०४ रहेको छ। यसपछि
विद्यार्थी भिसा D-2 र D-4 मा १७,५१६ जना रहेका छन्, जसले अध्ययनका लागि कोरिया रोज्ने नेपालीहरूको संख्या पनि उल्लेख्य रहेको देखाउँछ।
त्यसैगरी, दक्ष कामदार भिसा E-7 मा ११,३३९ जना नेपाली रहेका छन्
भने आश्रित डिपेण्डेण्ट भिसा F-3 मा ६,९४१ जना बसोबास गरिरहेका छन्।
अस्थायी बसोबास F-2 मा १,२१९ जना,
वैवाहिक आप्रवासी F-6 मा ७४९ जना
र G-1 भिसामा ७१० जना नेपाली रहेका छन्।
मौसमी कामदार E-8 भिसामा ६८० जना
तथा स्थायी बसोबास F-5 भिसामा २५६ जना नेपाली रहेको तथ्यांकले देखाएको छ।
साथै, अनुसन्धानकर्ता, प्राध्यापक, लगानीकर्ता र व्यवसायीको रूपमा बसोबास गर्ने नेपालीहरूको संख्या भने निकै कम रहेको उल्लेख गरिएको छ।
यसैबीच, समग्र रूपमा हेर्दा South Korea मा हाल २,७०९,९८९ जना विदेशी नागरिकहरू वैधानिक रूपमा बसोबास गरिरहेका छन्, जसमा नेपालीहरूको पनि महत्वपूर्ण उपस्थिति रहेको छ।
2026/03/23
winner update

No comments:
Post a Comment