Sunday, 31 May 2026

दोस्रो JN FC कप ११-ए-साइड फुटबल प्रतियोगिताको उपाधि GWANGJU F.C को पोल्टामा

 दोस्रो JN FC कप ११-ए-साइड फुटबल प्रतियोगिताको उपाधि GWANGJU F.C को पोल्टामा




नेपाल फुटबल महासंघ दक्षिण कोरियाको अर्धवार्षिक खेल तालिका अन्तर्गत “स्वास्थ्य र भाइचाराका लागि खेलकुद” भन्ने मुख्य नारासहित Jeongeup Nepalese Football Club द्वारा आयोजित दोस्रो जेएन एफसी कप ११-ए-साइड फुटबल प्रतियोगिता २०२६ मे ३१ मा सम्पन्न भएको छ।

अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा GWANGJU F.C ले Hwaseong NFC लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा गर्न सफल भएको हो।


विजेता GWANGJU F.C ले नगद ₩3,621,555 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी

 उपविजेता Hwaseong NFC ले नगद ₩2,111,555 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।


 सेमिफाइनलिस्ट टोलीहरू Pokhara United FC र Faran F.C ले जनही ₩500,000 प्राप्त गरेका छन्।






व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (MVP) Anish Blon घोषित हुँदै ₩150,000 नगद र ट्रफि,मेडल प्रमाणपत्र प्राप्त गरेका छन्।


अन्य विधागत पुरस्कार विजेताहरूले  ₩1,00,000 वोन र ट्रफी, मेडल र प्रमाणपत्र  प्राप्त गरेका छन् 
प्राप्त गर्ने हरुमा 
🛡️ Best Defender: Biku Lama 
🎯 Best Midfielder: Gaurav Karki 
⚽ High Scorer: Prayush Magar 
🧤 Best Goalkeeper: Pramesh Adhikari 




प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल विजेता टोली, उपविजेता टोली, सेमिफाइनलिस्ट टोलीहरू तथा विभिन्न व्यक्तिगत विधामा सम्मानित सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा आगामी खेल जीवनका लागि सफलताको शुभकामना व्यक्त गर्दछौं।

winner update
2026/6/1

No comments:

Post a Comment