कोरियाको बसन्त मन लोभ्याउने सुन्दर समय
कोरिया जस्तो देश, जहाँ १२ महिनामा ४ वटा सुन्दर ऋतुहरू अनुभव गर्न पाइन्छ, त्यसमध्ये सबैभन्दा मनमोहक र लोकप्रिय ऋतु भनेको ४ देखि ६ महिनासम्म फैलिएको बसन्त (봄) हो।
यस समयमा प्रकृतिले नयाँ जीवन पाउँछ। जताततै रंगीबिरंगी फूलहरू फुल्छन्, हरियाली फैलिन्छ, र वातावरण नै एकदम शान्त र रमाइलो बन्न जान्छ। मौसम पनि अत्यन्त सन्तुलित हुन्छ न धेरै जाडो, न धेरै गर्मी।
बसन्त ऋतुमा कोरिया भरि विभिन्न फूल महोत्सवहरू (Flower Festivals) आयोजना गरिन्छन्। यस समयमा मानिसहरू आफ्नो दैनिक कामको तनाव र चिन्ता बिर्सेर परिवार, साथीभाइ वा प्रियजनसँग यी सुन्दर ठाउँहरूमा घुम्न निस्किन्छन् र प्रकृतिको आनन्द लिन्छन्।
यही कारणले गर्दा बसन्तलाई कोरियाको सबैभन्दा “healing season” पनि भनिन्छ।
आज हामी तपाईंहरूलाई कोरियाका उत्कृष्ट १० बसन्त गन्तव्यहरू बारे जानकारी दिन गइरहेका छौँ जहाँ तपाईं सुन्दर फूलहरू हेर्न सक्नुहुन्छ, रमाइला पलहरू बिताउन सक्नुहुन्छ, र मनमोहक फोटोहरू खिच्न सक्नुहुन्छ।
यस बसन्तमा तपाईं पनि यी स्थानहरूमा पुग्नुहोस्, प्रकृतिसँग समय बिताउनुहोस्, र आफ्नो मनको तनाव र चिन्तालाई टाढा भगाउनुहोस्।
1.태안 세계튤립꽃 박람회
यो स्थान टुलिब को फुल हेर्नलाई विश्व कै उत्कृष्ट ५ मध्ये एक र कोरियाको सबैभन्दा ठुलो टुलिब को महोत्सव हो
यो कोरियाको छुङछङनामदो थेआन मा समुन्द्र को छेउमा अवस्थित छ यहा तपाई ले टुलिब र 300 अन्य प्रकार फुलहरु अबलोकन गर्नु सक्नुहुनेछ यहाँ महोत्सवको समय 2026/4/1 देखी 2026/5/6 सम्म रहेको छ
खुल्ने समय बिहान ९:३० देखी ५ बजे सम्म रातीको महोत्सवको समय
बेलुका ६:३० बाट ९:३० सम्म
प्रवेश शुल्क १४००० कोरियन वन
३ बर्ष मुनिको बालबालीका हरु लाई निशुल्क
जेष्ट नागरिक 12000 कोरियन वन
ठेगाना 충남 태안군 남면 마검포길 200 내이처월드
2.비슬산 참꽃 축제
हाइकिङ मन पराउनेहरूको लागि स्वर्गजस्तै यो ठाउँ पहाडभरि फुलेका गुलाबी Azalea फूलहरूले ढाकिएको हुन्छ। यहाँ पुग्दा प्रकृति र एड्भेन्चर दुवैको आनन्द लिन सकिन्छ। यहाँ
प्रवेश निःशुल्क रहेको छ
फुल फुल्ने समय ४ महिना अन्तिम सम्म अनुमानित
ठेगाना 대구 달성군 유가읍 휴양림길 236
3.불국사 겹벚 꽃
कोरियाको ऐतिहासिक र सांस्कृतिक धरोहर मानिने यो मन्दिर UNESCO विश्व सम्पदा सूचीमा सूचीकृत छ। पुरानो Silla Dynasty समयको उत्कृष्ट वास्तुकलाले सजिएको यो स्थान बसन्त ऋतुमा 겹벚꽃 (double cherry blossom) ले अझै मनमोहक देखिन्छ।
यहाँ पुग्दा तपाईंले इतिहास, प्रकृति र शान्तिको अद्भुत अनुभव लिन सक्नुहुन्छ।
यहाँ प्रवेश निःशुल्क रहेको छ
पार्किङ १००० वन
ठेगाना 경북 경주시 신현동 50-2
4.아산 피나클랜드 수목원
छनान् र आसान वरिपरि हुनुभएको हरुको लागी यो स्थान
परिवार र साथीहरूसँग घुम्नको लागि उत्कृष्ट गन्तव्य हुन सक्छ यहाँ विभिन्न seasonal flowers, light garden र photo zones ले गर्दा यो ठाउँ Instagram-worthy मानिन्छ।
यहाँ प्रवेश शुल्क १५,००० वन रहेको छ
ठेगाना 충남 아산시 영인면 월선길 20-22
5.생초조각 공원 꽃잔디
यो पार्कमा pink moss phlox (꽃잔디) ले जमिन नै गुलाबी carpet जस्तो बनाइदिन्छ। मूर्तिहरूसँगै फूलको संयोजनले एकदमै unique दृश्य दिन्छ।
यहाँ प्रवेश र पार्किङ निशुल्क रहेको छ
यहाँ महोत्सवको समय 2026/4/10일-19일 सम्म भएपनि
फुल हरु ५ महिना को दोस्रो हप्ता सम्म अवलोकन गर्न सकिने अनुमानित
ठेगाना 경상남도 산청군 생초면 산수로 1064
6.남지 유채꽃 축재
पहेंलो canola (유채꽃) फूलहरूले भरिएको विशाल मैदानले यहाँ पुग्ने सबैलाई आकर्षित गर्छ। फोटो खिच्न र खुला वातावरणमा समय बिताउनको लागि उत्कृष्ट ठाउँ हो।
यहाँ प्रवेश र पार्किङ निःशुल्क रहेको छ
फुल फुल्ने समय ५ महिनाको दोस्रो हप्तासम्म(अनुमानित)
ठेगाना 경남 창녕군 남지읍 남지리 878-4
7.아침고요수목원 (The Garden of Morning Calm)
यहाँ प्रबेश शुल्क 11000 कोरियन वन रहेको छ र
पार्किङ भने निःशुल्क गर्न सकिनेछ
कोरियाकै सबैभन्दा कलात्मक र व्यवस्थित बगैचा मध्ये एक
ठेगाना 경기 가평군 상면 수목원로 432
8.Royal Azalea Hill.Gunpo Azalea Festival (군포철쭉축제)
ठूलो क्षेत्रफलमा भएको 철쭉 (Azalea) पहाडमा करिब ९०,००० वटा फूल रोपेर गुलाबी रङले भरिएको छ । गुलाबी बाहेक यहाँ राता सेता र अन्य बिभिन्न रङका फूलहरु पनि रहेका छन्
यहाँ प्रवेश निःशुल्क रहेको छ
ठेगाना 경기 군포시 산본동 1152-14
लाइन 4, 수리산 स्टेशन (Exit 3) बाट पैदल 3 मिनेट
9.황매산철 축재
प्राकृतिक सुन्दरताले भरिएको यो पहाड Azalea फूलहरूका लागि प्रसिद्ध छ। यहाँबाट देखिने panoramic view ले मन नै लोभ्याउँछ।
यो पहाड फिल्म सुटिङका लागि पनि प्रसिद्ध छ।
ठेगाना 경남 합천군 가회면 황매산공원길 331
10.순천만국 가정원
कोरियाको पहिलो राष्ट्रिय र विश्वभरका विभिन्न देशका बगैँचाहरूलाई एकै ठाउँमा हेर्न पाइने विशाल राष्ट्रिय बगैँचा।
यहाँ प्रवेश शुल्क ₩१0,००० रहेको छ
ठेगाना 전남 순천시 연향동 814-1
थप दुई स्थान तपाईहरुको लागी
11.전주수목원 공조팝
यो स्थान विशेष गरी सेतो झुप्पा फूलहरू हरुको प्रसिद्द रहेको छ
ठेगाना 전북 전주시 덕진구 번영로 462-45
12.신안튤립축제
इम्जा टापु स्थित विशाल पार्क (११.७ हेक्टर) मा फराकिला पैदल मार्ग र वन क्षेत्रबीच फैलिएको फूलबारीले शान्त र कम भीडभाड युक्त ।
ठेगाना: 전남 신안군 임자면 대기 산327-2
यदि तपाईं यीमध्ये कुनै ठाउँमा जानुभएको छ भने, आफ्नो अनुभव तल comment मा शेयर गर्नु नबिर्सनुहोला र
हामीले यहाँ छुटाएका यस्तै सुन्दर कोरिया मा भएको अन्य ठाउँ हरु तपाईंलाई थाहा छ भने, कृपया comment मा share गर्नु नबिर्सनुहोला🙏
धन्यवाद Winner Update Family 💙
Follow • Like • Share with your friends
No comments:
Post a Comment