Gunpo Royal Azalea Hill
(군포철쭉축제 2026)
ठेगना 경기 군포시 산본동 1152-14
सउल मेट्रो लाइन 4, 수리산 स्टेशन (Exit 3) बाट पैदल 3 मिनेट
सन् २०२६ को मे १ तारिख, (मजदुर दिवस) को बिदा मनाउने क्रममा कोरियाको राजधानी Seoul नजिकै रहेको सुन्दर गुन्पो शहरमा अवस्थित Royal Azalea Hill मा साथि हरु सँग भ्रमण गर्ने अवसर मिल्यो
यो स्थान प्रत्येक वर्ष आयोजना हुने Gunpo Azalea Festival (군포철쭉축제) का लागि अत्यन्तै प्रसिद्ध छ। यहाँ करिब २ लाखभन्दा बढी अजेलिया फूलहरू फैलिएका छन्, जसले पुरै पहाडलाई गुलाबी रंगले सजाउँछ। यसै कारणले यो ग्याङ्गी प्रदेशकै सबैभन्दा ठूलो वसन्त फूल उत्सवमध्ये एक मानिन्छ।
बसन्त ऋतुमा कोरिया घुम्न, सुन्दर फोटो खिच्न , परिवार वा साथीहरूसँग रमाइलो समय बिताउन यो स्थान कोरियाकै उत्कृष्ट गन्तव्यहरूमध्ये एक हो।यति सुन्दर ठाउँ भएपनि यहाँ प्रबेश निशुल्क रहेको छ
रोचक कुरा के भने, यो स्थान सुरुमा प्राकृतिक रूपमा यस्तो थिएन। लगभग २० वर्ष अघि स्थानीय बासिन्दाहरूले यहाँ अजेलिया फूलका बिरुवाहरू रोपेका थिए। उनीहरूको मेहनत र माया आज यस सुन्दर गुलाबी पहाडको रूपमा परिणत भएको छ, जहाँ प्रत्येक वर्ष हजारौं पर्यटकहरू घुम्न आउने गर्छन्।
यस वर्ष Gunpo Azalea Festival अप्रिल १८ देखि अप्रिल २६, २०२६ सम्म आयोजना भएको थियो। तर हामी एक हप्ता ढिलो, अर्थात् मे १ मा त्यहाँ पुगेका थियौं। त्यस समयमा केही फूलहरू झर्न सुरु भइसकेका थिए र हरियो पातहरू पलाउन थालेका थिए। तर पनि ठाउँको सौन्दर्य घटेको थिएन—हल्का गुलाबी रंग, हरियाली र शान्त वातावरणले अझै पनि मन मोहक अनुभव दिएको थियो।
![]() |
| दाया बाट क्रमश उमेश,एलिया,बिस्नु,फागो |
यदि तपाईं यस स्थानको वास्तविक सौन्दर्य अनुभव गर्न चाहनुहुन्छ भने, प्रत्येक वर्ष अप्रिल महिनाको अन्तिम हप्तामा जानु सबैभन्दा उपयुक्त हुन्छ। त्यस समयमा अजेलिया फूलहरू पूर्ण रूपमा फुलेका हुन्छन् र पुरै पहाड गुलाबी रंगले ढाकिएको हुन्छ। Royal Azalea Hill केवल एउटा घुम्ने स्थान मात्र होइन, यो प्रकृति, मेहनत र सौन्दर्यको उत्कृष्ट उदाहरण हो। यदि तपाईं कोरियामा बस्नुहुन्छ वा भ्रमणको योजना बनाउँदै हुनुहुन्छ भने, यो स्थानलाई आफ्नो सूचीमा अवश्य समावेश गर्नुहोस्।
![]() |
| एकछिन उकालो हिडेर गर्मी भएर आइसक्रिम खादै |
2026/5/3
winner update

















No comments:
Post a Comment